३ असार २०८३, बुधबार | June 17, 2026

वन पैदावार निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो



खोटाङ । काष्ठ व्यवसायीले खोटाङबाट वन पैदावार वस्तु निकासीका क्रममा दोहोरो राजस्व तिर्नुपरेको गुनासो गरेका छन् । खयरको काठ निकासीका क्रममा करदाता सेवा कार्यालय, डिभिजन वन कार्यालय र सम्बन्धित् पालिकालाई छुट्टा–छुट्टै राजस्व तिर्नुपरेको गुनासो गरेका हुन् ।

हलेसी तुवाचुङ नगरपालिकाह–१ बाहुनीडाँडाबाट खयरको काठ निकासीका क्रममा दोहोरो कर तिर्नु परेको सुमात्रीका सप्लायर्सका सुवास राईले बताए । सुमात्रीका सप्लायर्सलाई डिभिजन वन कार्यालयले निजी नम्बरी आवादीको काठ १० दिनभित्र घुर्मी कटारी हुँदै हिमालयन कत्था उद्योग, मिरचैया, सिराहामा स्थानान्तरणका लागि गत २६ साउनमा इजाजत दिएको थियो ।

कृष्णकुमारी कार्कीको अख्तियारीले सुमात्रीका सप्लायर्सले ६६ बोट खयरको ११८०।७९ क्यूफिट ९स्यापउड सहित० काठ निकासी गर्न इजाजत पाएको थियो । मुल्यअभिवृद्धि करबापत करदाता सेवा कार्यालयको खातामा २५ साउनमा रावाबैंकमा १ लाख ५३ हजार ५३० र प्रदेश सेवा शुल्कवापत सोही दिन आर्थिक प्रशासन शाखा, डिभिजन वन कार्यालयको नाममा रावाबैंक दिक्तेलमा ५ हजार ९१० रुपैयाँ दाखिला गरिएकोमा पुःन २८ साउनमा वडा कार्यालय बाहुनीडाँडालाई ८४३ क्यूफिटको प्रतिक्यूफिट २० रुपैयाँका दरले १६ हजार ८६० रुपैयाँ राजस्व तिर्नुपरेको राईले गुनासो गरे ।

‘राजस्व तिर्नुपर्‍यो भन्ने गुनासो होइन, तर दोहोरो तिर्नुपर्‍यो भन्ने हाम्रो गुनासो हो,’ राईले भने, ‘डिभिजन वन वा स्थानीय तहमध्ये एक ठाउँमा राजस्व बुझाएपछि वनपैदावार वस्तु निकासी गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

डिभिजन वन कार्यालयको १३ जेठको कटान आदेश अनुसार सव–डिभिजन वन कार्यालय महादेवस्थान, हलेसीका सहायक वन अधिकृत राजदेव ठाकुरले काठ चेकजाँच गरी टाँचाले विमार्का निस्सा गरेका थिए । हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश राउतले राजस्व परामर्श समितिको प्रस्तावअनुसार कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाको भूगोलभित्रको वनपैदावार निकासी कर लिइएको बताए ।

‘दोहोरो राजस्व तिर्नुपरेको होला तर आफ्नो भूगोलभित्रको सम्पदा निकासी गर्नेक्रममा स्थानीय सरकारले कर लिन सक्ने व्यवस्था छ,’ उपमेयर राउतले भने, ‘नगरबाहिरको सम्पदा निकासी भइरहेको छ भने त्यसबाट राजस्व उठाउँदैनौं । तर हाम्रो भूगोलभित्रबाट निकासी हुने वनपैदावारको अनिवार्य राजस्व उठाउने व्यवस्था गरेका छौँ ।’

उपमेयर राउतका अनुसार ठेकेदारले गाउँकै केही स्थानीयलाई प्रयोग गरेर खयर निकासी गर्ने गरेका छन् । कतिपय मापदण्ड नपुगेका खयर र उत्तिसको रुख कटान गरेको जनगुनासो आइरहेको राउतले बताए ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : ०२ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका