२३ पुस २०८२, बुधबार | January 8, 2026

राहदानी विभागको बेसमेन्ट खाली गराउने मेयर बालेनको प्रयास, डोजरसहित पुगे त्रिपुरेश्वर



काठमाडौं । केहिदिनयता ठूला भवनमा पार्किङका लागि छुट्याइएको बेसमेन्ट खाली गराउन डोजरसहितको मार्चमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राहदानी विभाग पुगेका छन् ।

शाह शुक्रबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ खाली गराउन त्यहाँ पुगेका हुन् । पार्किङका लागि नक्शापास गरिएको स्थानमा विभागले कार्यालय राखेको भन्दै नगरप्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्यसलाई हटाउन शाह त्यहाँ पुगेका हुन् । विभागले बेसमेन्टलाई वेटिङ रुमका रुपमा प्रयोग गरेको छ ।

राहदानी विभागमा दैनिक हजारौंको संख्यामा सेवाग्राहीको भीड लाग्ने भएपनि व्यवस्थित पार्किङ नहुँदा आसपासको सडक र गल्लीमा सेवाग्राहीले पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ ।

यसअघि शाहले नयाँ वानेश्वरस्थित भवनहरु, काठमाडौं मल, आरबी कम्प्लेक्स, अल्फाबिटा लगायतका भवनमा तोडफोड गरिसकेका छन् । काठमाडौं महनगरपालिकाले बबरमहलमा रहेको जिल्ला अदालतलाई समेत पार्किङ खाली गराउन पूर्जी काटेको छ ।
महानगरले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको समय सकिएपछि मेयर शाह डोजरसहित सडकमा उत्रिएका हुन् । शाहको कामलाई सर्वसाधारणले स्वागत गरेका छन् भने व्यापारी व्यवसायी र निजी भवनका संचालकहरुले विरोध गरेका छन् ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : ५५ बजे

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

सुर्खेत । बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

११५ दिन मन्त्री हुँदाको प्रगति विवरण सुनाउँदै सरकारबाट हटे कुलमान घिसिङ (पूर्णपाठ)

काठमाडौं । मन्त्रीपदबाट राजीनामा दिएर सिधै पत्रकार सम्मेलन गरेका कुलमान

ऊर्जामन्त्री घिसिङद्वारा राजीनामा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको

ठुलो परिमाणको ब्राउन सुगरसहित रफिक खाँ पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउजसुगर सहित १

उर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिँदै, ९ बजे पत्रकार सम्मेलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय उपाध्यक्ष स्वीकार गर्दै