१२ आश्विन २०८३, सोमबार | September 28, 2026

राहदानी विभागको बेसमेन्ट खाली गराउने मेयर बालेनको प्रयास, डोजरसहित पुगे त्रिपुरेश्वर



काठमाडौं । केहिदिनयता ठूला भवनमा पार्किङका लागि छुट्याइएको बेसमेन्ट खाली गराउन डोजरसहितको मार्चमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राहदानी विभाग पुगेका छन् ।

शाह शुक्रबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ खाली गराउन त्यहाँ पुगेका हुन् । पार्किङका लागि नक्शापास गरिएको स्थानमा विभागले कार्यालय राखेको भन्दै नगरप्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्यसलाई हटाउन शाह त्यहाँ पुगेका हुन् । विभागले बेसमेन्टलाई वेटिङ रुमका रुपमा प्रयोग गरेको छ ।

राहदानी विभागमा दैनिक हजारौंको संख्यामा सेवाग्राहीको भीड लाग्ने भएपनि व्यवस्थित पार्किङ नहुँदा आसपासको सडक र गल्लीमा सेवाग्राहीले पार्किङ गर्नुपर्ने बाध्यता रहेको छ ।

यसअघि शाहले नयाँ वानेश्वरस्थित भवनहरु, काठमाडौं मल, आरबी कम्प्लेक्स, अल्फाबिटा लगायतका भवनमा तोडफोड गरिसकेका छन् । काठमाडौं महनगरपालिकाले बबरमहलमा रहेको जिल्ला अदालतलाई समेत पार्किङ खाली गराउन पूर्जी काटेको छ ।
महानगरले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको समय सकिएपछि मेयर शाह डोजरसहित सडकमा उत्रिएका हुन् । शाहको कामलाई सर्वसाधारणले स्वागत गरेका छन् भने व्यापारी व्यवसायी र निजी भवनका संचालकहरुले विरोध गरेका छन् ।

प्रकाशित मिति : १० भदौ २०७९, शुक्रबार  १ : ५५ बजे

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम

चोलेन्द्र पक्राउ प्रकरणमा बोले प्रचण्ड : ‘छोरी कुटेर बुहारी तर्साउन खोजिए’ सरकारका लागि घातक हुने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक

बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग

सुनचाँदीको मूल्यमा भारी गिरावट

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा

प्रहरी नियन्त्रणमा ११ घन्टा बसेका पूर्वप्रधानन्यायाधीश जबराले मागे सुरक्षा

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो र परिवारको सुरक्षाका लागि