२२ बैशाख २०८१, शनिबार | May 4, 2024

सरकार कर्मचारीको पक्षमा छ : ऊर्जामन्त्री भुसाल



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वर्तमान सरकार कर्मचारीमैत्री रहेको बताएकी छिन् । कर्मचारीको सेवा सुविधाका विषयमा सरकारले विशेष ध्यान दिँदै आएको उल्लेख गर्दै मन्त्री भुसालले राष्ट्र र जनताको सेवा प्रवाहलाई कर्मचारीले पनि कर्तव्यनिष्ट भएर लाग्न निर्देशन दिइन ।

राष्ट्रिय प्रगतिशील स्वाथ्यकर्मी सङ्गठनको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै नेकपा (माओवादी केन्द्र) कर्मचारी विभागका कर्मचारी फ्र्याक्सन इन्चार्जसमेत रहेकी भुसालले भनिन, “सरकार कर्मचारीमैत्री छ, त्यसैले कोभिड–१९ ले अर्थतन्त्रमा पु¥याएको असर र रुस–युक्रेन युद्धको अवसरका वाबजुद पनि कर्मचारीको तलब वृद्धि गरेका हौँ ।” उनले कर्मचारीमैत्री सङ्घीय निजामती ऐन ल्याउन आफ्नो पार्टी र सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

कोभिड–१९ को महामारीमा पनि जीवन जोखिममा राखेर स्वाथ्र्यकर्मीहरूले जनतालाई सेवा प्रवाह गरेको स्मरण गर्दै उनले भनिन, “यहाँहरूले जीवन जोखिममा राखेर पनि जनताको सेवा दिनुभएको छ, त्यो योगदानको म उच्च सम्मान गर्छु र सेवा प्रवाह गर्ने सिलसिलामा निधन हुनुभएका कर्मचारीप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थापना गर्नमा कर्मचारीको महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै मन्त्री भुसालले परिर्वतनको पक्षमा निरन्तर वकालत गर्न र गणतन्त्रको संस्थागत गर्न कर्मचारीले आफ्नो तहबाट लाग्नुपर्नेमा जोड दिइन । उनले सङ्घीयताको मर्मअनुसार बढीभन्दा बढी जनतालाई गुणस्तरीय सेवा दिन आग्रहसमेत गरिन् ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन र राष्ट्रिय स्वस्थ्यकर्मी सङ्गठनबीच गत वैशाखमा एकीकरण भएको हो । सो कार्यक्रमका कर्मचारीका नेताहरूले श्रमजीवी कर्मचारीको श्रमको सम्मान नभएको र सङ्घीय निजामति ऐन कर्मचारीमैत्री ल्याउनुपर्ने माग गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ५ : ५३ बजे

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको