६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

नेपाल र केन्या आज पनि भिड्दै, सिरिज कब्जाको अवसर



काठमाडौं । केन्याविरुद्धको चौथो टी-२० खेलमा आज (सोमबार) नेपाल जितसहित पाँच खेलको शृंखला एक खेल अगावै आफ्नो पक्षमा पार्ने लक्ष्यमा हुनेछ ।

बिहीबार सम्पन्न पहिलो खेलमा ५ विकेट जित निकालेको नेपाल शुक्रबार दोस्रो खेलमा भने १८ रनले पराजित भएको थियो । आइतबार सम्पन्न तेस्रो खेलमा केन्यामाथि ४ विकेटको जितसहित नेपालले शृंखलामा २-१ को अग्रता लिएको थियो ।

सो खेलमार्फत नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यु गरेको ओपनर अर्जुन साउद आफ्नो प्रभाव छोड्न सफल भएका थिए । जसका कारण चौथो खेलमा पनि पवनसँगै अर्जुनले नै नेपालको ओपनिङ सम्हाल्ने सम्भावना प्रबल छ ।

त्यस्तै, पूर्वकप्तान ज्ञानेन्द्र मल्लले ४६ रन जोडेका थिए । केन्याविरुद्धको पाँच टी-२० शृंखलालाई नेपालले वरियता सुधारको अवसरमा लिएको छ ।

पाँच टी-२० शृंखलापछि नेपालले केन्याविरुद्ध तीन एक दिवसीय खेलको शृंखला खेल्ने तालिका छ । नेपालले नोभेम्बरमा आइसिसी विश्वकप क्रिकेट लिग टु का लागि नामिबिया भ्रमण गर्दैछ ।

 

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  ९ : ५६ बजे

‘लण्डन टु पेरिस’को नयाँ गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै

बागमती । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौं ।  सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आजको प्रतिनिधिसभाको बैठक अघि प्रमुख

आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल