४ पुस २०८२, शुक्रबार | December 20, 2025

कोहलपुरको बसपार्कमा अतिक्रमण हटाउन स्थानीयबाट अवरोध, ढुंगामुढा भएपछि डोजर फर्काइयो



नेपालगन्ज । बाँकेको कोहलपुरमा अतिक्रमण गरिएका संरचना हटाउन खोज्दा स्थानीबासीले अवरोध गरेका छन् । कोहलपुरको बासपार्कमा बनाईएका अस्थायी टहरा र केही पक्की संरचना हटाउन खोज्दा स्थानीयले ढुँगामुढा गर्दै अवरोध पु¥याएका हुन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य सहितको नेतृत्वमा टोली बिहानै देखि अतिक्रमण हटाउन खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको ३/४ वटा अतिक्रमित टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ ।

विकल्प नदिएर अचानक डोजर लगाएको भन्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएको र स्थिती तनावपुर्ण बनेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी ऐन बहादुर मल्लले बताए । स्थिती तनावपुर्ण हुने अवस्था आएपछि हाललाई डोजर फर्काईएको मल्लले बताए ।

कोहलपुरका नगर प्रवक्ता नमबहादुर आलेले केही समयका लागि स्थगित भएपनि अतिक्रमण हटाउने काम नरोकिने बताए । उनले असार मसान्त पहिले नै ३५ दिने सूचना जारी गरि हटाउन भनिएपनि वर्षादको समय भन्दै समय मागेकाले केही ढिला गरि हटाउन सुरु गरिएको भन्दै अव नरोकिने बताए । उनले अतिक्रमणकारीलाई लिएर राजनीति गर्न खोजिएको समेत बताए ।

 

प्रकाशित मिति : १३ भदौ २०७९, सोमबार  १२ : १४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको