३ चैत्र २०८२, मंगलबार | March 17, 2026

बाध्यताले पिट्नुपर्दा मेरो मुटु छियाछिया हुन्छ : पिता



गुल्मी । जन्मिनेबेलै स्वस्थ थिएनन् । उमेर बढ्दै गयो तर अन्य बालबालिकाभन्दा फरक लाग्न थाले । यो समस्या यी बालकले सात/आठ वर्षदेखि नै झेल्दै आएका छन् ।

गुल्मी सत्यवती गाउँपालिकाका-५ हँसराका ११ वर्षीय रामु बुढाथोकीलाई अहिले पछ्यौराको दाम्लोमा झोलुंगो बनाएर बाँधेर राखिएको छ । आर्थिक अभावले उपचार गर्न नसकेपछि अभिभावक उनलाई पछ्यौराको दाम्लोमा बाँध्न बाध्य छन् ।

आमा देउकुमारीले छोरा सम्हाल्न नसकेपछि १७ वर्षदेखि भारतमा मजदुरी गरिरहेका श्रीमान् कमललाई घरमै बोलाइन् । बालक रामुलाई उपचारका लागि बुटवल आम्दा, नेपालगन्ज हुँदै भारतसम्म पु-याइयो । तर, कत्ति पनि निको भएन ।

रामु आफैंलाई चिर्थोर्ने र कोपरेर शरीरलाई दुःख दिइरहन्छन् । त्यो उनलाई थाहै हुन्न । हिँड्न सक्छन् । नजिकमा विद्यालय पनि छ । तर, अहिलेसम्म विद्यालयको अनुहार देखेका छैनन् । होसमै छैनन्, रामु । अरूलाई बिगार गर्दैनन् । तर, आफैंले आफैंलाई निकै चोट दिइरहेका हुन्छन् ।

जेठो सन्तान रामुलाई घरको बलेनीमा हातखुट्टा बाँधेर झुन्ड्याउन बाध्य छन्, आबाबुबा । पछ्यौराको झोलुंगोमा हातखुट्टा मात्रै नभएर कम्मरमा समेत थुप्रैपटक बाँधिएको छ । परिवारको आँखा छलेर रामु आफूलाई टाउको भुइँमा ठोकेर रक्ताम्य बनाउँछन् । जसले गर्दा उनको टाउको र शरीरभर चोटैचोट छ ।

धेरै उफ्रिने र टाउको भुइँमा ठोकाउने भएकाले लौरो नभइकन सम्हाल्न नसकिने उनका बुबा कमल बताउँछन् । ‘कहिलेकाँही धेरै उफ्रने, कराउने र टाउको ठोक्नेलगायत समस्या हुँदा मैलेबाहेक कसैले पनि समाल्न सक्दैनन्,’ उनी भन्छन्, ‘लौरो देखाउने र कहिलेकाँही पिट्नु पनि पर्छ । बाध्यताले आफ्नै सन्तान पिट्दा मुटु छियाछिया बन्छ ।’

जमिनमा टाउको बढी ठोक्ने भएकाले झोलुंगो बनाएर माथि राखिएको बुढाथोकी बताउँछन् । रामुका लागि घरमा एक जना बस्नैपर्ने बाध्यता छ । रातमा कहिलेकाहीँबाहेक निदाउन मुस्किल पर्छ । अचेल ११ वर्षीय रामु आफंैलाई पनि बाँधिने बानी परिसकेको छ ।

बुढाथोकी परिवार आर्थिक हिसाबले निकै कमजोर छ । यो परिवार चार वर्षदेखि स्थानीय टेकराम ढकालको हँसरास्थित खोलाखेतको कच्ची घरमा बस्दै आएको छ । उनीहरू त्यहाँ खेतबारीको काम गर्छन् । उनीहरूको हँसरामा बाँदर लाग्ने बारी छ । अप्ठ्यारो र काम गरेर खाने अरू माध्यम नभएकाले पेट पाल्नकै लागि बेंसी झरेको बुढाथोकी सुनाउँछन् ।

कमलका छोरा बिरामी भएको एक दशक भयो । यसबीच दुई स्थानीय तह र एकपटक प्रदेश तथा संघ निर्वाचन भयो । हुलका हुल जाँदा बुढाथोकीको पिँढीमा विक्षिप्त बनेर पल्टिएको छोरा नेदेख्ने सायदै होलान् । तर, ती नेताले ‘कठै’ भनेर बाँडेका झुटा आश्वासनबाहेक बुढाथोकी परिवारले केही पाएका छैनन् ।

‘मेरो पीडा मनैमा छ । त्योभन्दा ठूलो पीडा छोरा आफंैले भोगिरह्यो,’ उनले भने, ‘कर्म नै त्यस्तै भएपछि अरूको के आस गर्नु ?’

सत्यवती गाउँपालिका प्रमुख टीकाराम पाण्डेय पालिकाले स्वास्थ्य बिमा गरिदिने र काठमाडाैंसम्मको भाडा दिने र उपचार भए खर्च पनि बिलका आधारमा गाउँपालिकाले बुझाउने गरेर योजना बनाइएको’ बताउँछन् । आजको राजधानी दैनिकमा हुमाकान्त पोखरेलले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ७ : ४४ बजे

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना