२० मंसिर २०८२, शनिबार | December 6, 2025

भृकुटीमण्डपमा फर्निचर मेला हुने



काठमाडौं । यही भदौ २३ देखि २७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा फर्निचर तथा फर्निसिङ मेला सञ्चालन हुनेभएको छ ।

फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गर्न लागेको सो मेलामा भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका फर्निचर उत्पादक कम्पनीको सहभागिता रहनेछ । जेन्सा कार्पेट, हलेसी डेकोर, भिवोन चेयर र युनाइटेड फर्म एण्ड म्योट्रेसले प्रदर्शनीको आयोजना गरेका हुन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री मेलामा रहने सङ्घका अध्यक्ष शुभेन्द्र जोशीले जानकारी दिए ।

सङ्घका अध्यक्ष जोशीका अनुसार नेपालमा ६० अर्ब रुपैयाँ बराबरको फर्निचरजन्य सामाग्रीको वार्षिक कारोबार हुने गरेकामा त्यस्को झन्डै ५० प्रतिशत हिस्सा आयातित फर्निचर रहेको छ । प्रदर्शनीको व्यवस्थापन इभेण्ट सोलुसन प्रालिले गरेको छ । प्रदर्शनी अवलोकनका लागि रु १०० शुल्क निर्धारण गरिएको छ ।

प्रदर्शनीलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासङ्घले प्रवद्र्धन गरेका छन् भने नेपाल हस्तकला महासङ्घ, आइडिया नेपाल र स्पेस म्यागेजिनको समेत सहयोग रहेको छ ।

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ३ : ४३ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल