१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बुटवलमा घट्यो तिजको रौनक, तीज पर्व पार्टी प्यालेसमा केन्द्रीत (फोटोफिचर)



बुटवल । केही वर्ष अगाडि सम्म तीजका दिनमा भरिभराउ हुने बुटवलका अधिकांश स्थानहरु यस वर्ष सुनसान जस्तै देखिए । तीजका दिनमा भरिने बुटवल बहुमुखी क्याम्पसका चौर होस् वा सिद्धेश्वर स्कुलको प्राङ्गण, रात्तै सारी लगाएका महिलाहरुले भरिन्थे, तर यस वर्ष बुटवलको देबीनगर चौतारीमा बाहेक अन्य स्थानमा महिलाहरुको खासै चहलपहल देखिएन ।

त्यसो त तीज आउन १ महिना बाँकी छँदा नै कतिपय महिलाहरु तीजगीतमा नाचेर थाकिसकेका पनि थिए । बिभिन्न संघ संस्थाका नाममा होटल र पार्टी प्यालेसहरुमा शुभकामना भन्दै महिनादिन देखि तीजमा नाच्ने धोका पुरा गरेकाले पनि तीजको दिन बुटवलमा चहल पहल नदेखिएको बुटवल बहुमुखी क्याम्पसमा रमझम हेर्न भनेर पुगेका एक दर्शकले बताए । क्याम्पसको प्राङ्गण ज्योतिनगर पहिरोले पुरेपछि क्लास ब्लकको अगाडि एक थान टेण्ट लगाईएपनि मादल बोकेर नाच्न जम्मा हुने महिलाहरु खासै देखिएनन् ।

पुलचोकको दुर्गा मन्दिर, दीपनगरको सिद्धेश्वर स्कुलका प्राङ्गण खाली खाली जस्तै देखिन्थ्यो भने कालिकापथको शिवालय मन्दिरमा पनि सानो संख्यामा भेला भएका महिलाहरुले भजन गाईरहेका देखिन्थे । देबीनगरको चौतारीमा भने यस वर्ष पनि महिलाहरुको जमघट देखियो । त्यहाँपनि मादलमा भन्दा डिजेमा नाच्नेहरु बाक्लो देखिए, तर केही महिलाहरु घरबाटै मादल लिएर गीत गाएको पनि देखियो ।

अचेलको तिजको रौनकतालाई बुटवल उपमहानगरकी उप प्रमुख साबित्रा अर्यालले रत्यौली संस्कति भित्रिएर तीजको रौनकता घटेको बताउँछिन् । तीजको भाकामा परिवारमा बसेर सुन्नै नसकिने गीतहरु बजारमा आएको उपप्रमुख अर्यालको गुनासो छ । खबरकुरासँग कुरा गर्दै उनले महिनादिन पहिले देखि संघसंस्थाहरुको आयोजनामा नाचेर थाकेका कारण पनि तिजको दिनमा महिलाहरु ननिस्केको हुन सक्ने अनुमान पनि गरिन् । ‘रौनकता घटेकै हो, तिजको नाममा बिकृति भित्रिएका छन्, रत्यौलीका गीत जस्तै तिजका गीत छन्, सुन्नै नसकिने ।’ उनले भनिन् ।

आउने साल मौलिकता सहितको तीजगीत कार्यक्रम उपमहानगर आफैले राख्ने प्रतिबद्धता पनि उनले जनाइन् ।

बजार अर्थतन्त्र र उपभोगवादी चिन्तनको विकासले मौलिकता र परम्परालाई कब्जा जमाएको विश्लेषक ऋषि आजादको ठहर छ । उनले उपभोक्तावादी चिन्तनले फेसन देखाउनुपर्ने, ठुला ठुला होटल र पार्टी प्यालेसहरुले महिना दिन अगाडि देखि बोलाउने नचाउने, प्रतिस्पर्धा गराउने, र प्रदर्शनमा आकर्षण दिने गरेकाले मौलिकता हराउँदै गएको बताए । ‘बजार अर्थतन्त्र र उपभोक्तावादले मौलिकतामाथि कब्जा जमायो ।’ उनले भने, ‘होटलको एसीमा डिजे बजाएर नाच्ने बानी परेका चौर र खुल्ला मैदानमा नाच्न सक्ने कुरै भएन ।’

 

 

 

प्रकाशित मिति : १४ भदौ २०७९, मंगलबार  ७ : ०८ बजे

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

सल्लाघारीस्थित मुख्य चोकमै जब दुई वटा बस ठोक्किए…

भक्तपुर । भक्तपुर नगरपालिका-१ सल्लाघारी चोक मुख्य सडकमा आज एक्कासी

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल प्रतियोगिता आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१ औं स्थापना दिवसका

पञ्चाङ्ग तथा भित्तपात्रो प्रकाशन गर्न शुल्क तिरेर स्वीकृति लिनुपर्ने

नेपालगन्ज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले अनुमति बिना पात्रो