२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेप्सेमा राप्ती हाइड्रोको पहिलो कारोबार



काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको पहिलो कारोबार भएको छ । नेप्सेमा बुधबार राप्ती हाइड्रोको पहिलो कारोबार ३ सय १९ रुपैंयामा भएको छ । कम्पनीको आईपीओ मंगलबार नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको थियो ।

कम्पनीको कुल ६१ लाख २७ हजार ९३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । जसमा संस्थापक समूहको ३१ लाख ८६ हजार ५२८ कित्ता, सर्वसाधारणको २३ लाख २८ हजार ६१७ कित्ता र स्थानीयको ६ लाख १२ हजार ९७३ कित्ता छन् । पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई न्यूनतम १०६।३५ रुपैयाँदेखि अधिकतममा ३१९।०५ रुपैयाँ तोकेको छ ।

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ असारदेखि १ साउनसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर बुधबार ९१५ भदौ० देखि दोस्रो बजार कारोबार सुरु भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ करोड ६६ लाख बराबरको २३ लाख ६६ हजार २४० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि, १ लाख १८ हजार ३१२ सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २१ लाख ७६ हजार ९४० कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । सो २ लाख १७ हजार ६ सय ९४ जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पारेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  १२ : ३९ बजे

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।

आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा