१३ बैशाख २०८३, आइतबार | April 26, 2026

नबिलले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’



काठमाण्डौ । नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ।

बैंकले डेबिट कार्ड र ई–कमर्स एक्विरिङ बिजनेसमा नेपालमा रहेका सबै बैंकभन्दा बढी गोर्थ र अचिभेन्ट गरेका कारण यी अवार्डबाट सम्मानित भएको हो। भिसा इन्टेरनेसनले काठमाण्डौमा आज आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ कार्यक्रममा नबिल बैंकलाई ती अवार्डबाट सम्मानित गरिएको थियो।

बैंकका सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले अवार्ड ग्रहण गर्दै नबिल बैंकको टिमलाई उनीहरुको कामप्रतिको समर्पणलाई सरहाना गर्दै बधाइ दिए। ‘नबिल जहिले पनि नेपालको पहिलो डिजिटल बैंक बन्न अग्रसर रहेको र हाम्रा अथक प्रयासलाई यी अवार्डबाट सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छौँ’, उनले भने।

सीईओ ढुंगानाले नबिल बैंक जहिले पनि ग्राहकको आवश्यकता र अपेक्षा परिपूर्तिका लागि डिजिटल बैंकिङ प्रवर्द्धनमा लागिरहेको बताए। ‘यस किमिसको सम्मानले हामीलाई हाम्रा ग्राहकको आवश्यक र अनुभवलाई पूरा गर्न अझ बढी डिजिटल रुपमा कार्य गर्न प्रोत्साहन गरिरहनेछ’, उनले भने।

प्रकाशित मिति : १६ भदौ २०७९, बिहिबार  ८ : १४ बजे

अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा अतिक्रमण गरी निर्माण गरिएका बस्ती

मनोहरा सुकुम्बासी बस्तीका घरटहरा हटाईंदै, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्बासी बस्तीमा बनाइएका घरटहरा हटाउन

अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस : ४० वर्षपछि पनि असर कायम

काठमाडौं । आज अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो ।

कपिलवस्तुमा स्कारपियो-ट्रक ठक्कर, दुईको मृत्यु, तीन घाइते

कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु

छोरीबुहारीलाई उच्च शिक्षामा सघाउँदै भीमदत्त नगरपालिका

कञ्चनपुर । भीमदत्त नगरपालिकाले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने