६ श्रावण २०८३, बुधबार | July 23, 2026

सालझण्डीको जङ्गलमा प्रेमिकाको हत्या गरी फरार रहेका व्यक्ति १९ महिनापछि पक्राउ



बुटवल । आफ्नो प्रेमिकाको हत्या गरेर फरार रहेका उक व्यक्तिलाई रुपन्देही प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको छ । २०७७ माघ १० गते रुपन्देहीको सालझण्डी सितलापुर जङ्गलमा शव भेटिएकी एक जना युवतीको हत्यामा संलग्न भएको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका ७ का ३६ वर्षिय काशिराम मुरावलाई सालझण्डी प्रहरीले हत्या भएको १९ महिनापछि पक्राउ गरेको हो ।

शव फेला परेपछिपनि सनाखत हुन नसकि झण्डै डेढवर्ष सम्म थन्किएको घटनाको अनुसन्धान गरि प्रहरीले हत्या गर्ने व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ । प्रहरीका अनुसार शवसँगै भेटिएको घडी, शवको फोटोमा देखिएको टाटु तथा फोटोमै देखिएको अनुहारको बनोटका आधारमा झण्डै २ महिना अगाडिमात्र शवको सनाखत भएको थियो । प्रहरीले सार्वजनिक गरेको फोटोका आधारमा मृतकका बुवा ७० वर्षिय भक्तिराम अर्यालले शवको सनाखत गरेसँगै प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

७ महिनाको गर्भवती रहेकी गुल्मी साबिक अर्खवाङकी ३४ वर्षिया बसन्ता भन्ने धनकुमारी अर्यालको पक्राउ परेका मुराउले हत्या गरेको प्रहरीले दाबी गरेको छ । मृतक वसन्ता र पक्राउ परेका काशीराम मुराउबीच विगत ४ बर्ष पहिले देखी प्रेम सन्बन्ध रहेकोमा मुराउको घरमा श्रीमती, तीन छोरी र एक छोरा समेत रहेको प्रहरीले जनाएको छ । बसन्ताको अवैध सम्बन्धबाट गर्भ रहन गएकाले अभियुक्त मुराउले प्रेमीका वसन्तालाई जंगलमा लगी घाँँटी थिचेर हत्या गरी रुखमा बाँधेर फरार रहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

मुराउलाई पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रुपन्देहीवाट सातदिनको म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १० : १३ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क