१८ माघ २०८२, आइतबार | February 2, 2026

बेलायती राजदुतावासकी विकास निर्देशक वर्डले गरिन आफ्नै सेना हारेको जितगढी किल्लाको अवलोकन



बुटवल । नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले नेपाल अंग्रेज लडाईंमा अंग्रेज फौज हारेको बुटवलस्थित जितगढी किल्लाको अवलोकन गरेकी छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अनुरोधमा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले शनिबार बिहान जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरेकी हुन् ।

बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग शुक्रबार भएको भेटमा नगर प्रमुख पाण्डेयले जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरी सहकार्यका लागि प्रस्ताव गरेका थिए ।
नगरप्रमुख पाण्डेयले नेपाल–अंग्रेज युद्ध, युद्धकालमा भएका घटनाक्रम र जितगढी किल्लाका बारेमा निर्देशक वर्डलाई जानकारी गराउँदै सो क्षेत्र अवलोकनका लागि आग्रह गरेका थिए ।

उनले बुटवलको पूरानो बस्ती, शेनवंशीय ग्रीष्मकालीन दरबार र किल्ला आसपासको क्षेत्रको ऐतिहासिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्ने गरी काम भइरहेको र युद्ध संग्रहालय निर्माणको चरणमा रहेको वर्डलाई जानकारी गराएका थिए ।

अवलोकनका अवसरमा पाण्डेयले नेपाल–अंग्रेजबीचको तत्कालीन समयको घटनालाई स्मरण गर्ने गरी आगामी दिनमा मित्रताको रुपमा सम्बन्ध अगाडि बढाउन र बुटवलप्रति सकारात्मक भावना राख्न निर्देशक वर्डलाई आग्रह गरे ।

नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने मन्त्रीलाई जितगढी किल्लाको भ्रमणका लागि सहजीकरण गर्न र आवश्यक सहकार्यका लागि समेत प्रस्ताव गरेका छन् ।

जितगढी र पूरानो बुटवलको अवलोकन गरेपछि निर्देशक वर्डले नेपाल–अंग्रेज युद्ध भएकोे स्थलमा घुम्न पाउँदा खुशी लागेको र इतिहासबारे जानकारी पाएको भन्दै खुशी व्यक्त गरिन् ।

उनले जितगढी किल्ला र आसपासको पूरानो बुटवलसँग जोडिनेगरी बेलायत सरकारको तर्फबाट सहकार्यका लागि प्रयास गर्ने आश्वासन पनि दिइन् ।

वर्डले बुटवल उपमहानगरपालिकासँग सहकार्यका लागि इच्छुक रहेको बताउँदै बेलायती मन्त्रीको भ्रमणका लागि प्रयास गर्ने बताइन् ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १२ : २५ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन