९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

बेलायती राजदुतावासकी विकास निर्देशक वर्डले गरिन आफ्नै सेना हारेको जितगढी किल्लाको अवलोकन



बुटवल । नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले नेपाल अंग्रेज लडाईंमा अंग्रेज फौज हारेको बुटवलस्थित जितगढी किल्लाको अवलोकन गरेकी छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अनुरोधमा नेपालस्थित बेलायती राजदुतावासकी विकास निर्देशक पिप्पा वर्डले शनिबार बिहान जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरेकी हुन् ।

बेलायती मन्त्रीको लुम्बिनी भ्रमणको तयारीका शिलशिलामा बुटवल आइपुगेको वर्ड नेतृत्वको टोलीसँग शुक्रबार भएको भेटमा नगर प्रमुख पाण्डेयले जितगढी किल्ला र पूरानो बुटवलको अवलोकन गरी सहकार्यका लागि प्रस्ताव गरेका थिए ।
नगरप्रमुख पाण्डेयले नेपाल–अंग्रेज युद्ध, युद्धकालमा भएका घटनाक्रम र जितगढी किल्लाका बारेमा निर्देशक वर्डलाई जानकारी गराउँदै सो क्षेत्र अवलोकनका लागि आग्रह गरेका थिए ।

उनले बुटवलको पूरानो बस्ती, शेनवंशीय ग्रीष्मकालीन दरबार र किल्ला आसपासको क्षेत्रको ऐतिहासिक, सांस्कृतिक महत्वलाई संरक्षण गर्ने गरी काम भइरहेको र युद्ध संग्रहालय निर्माणको चरणमा रहेको वर्डलाई जानकारी गराएका थिए ।

अवलोकनका अवसरमा पाण्डेयले नेपाल–अंग्रेजबीचको तत्कालीन समयको घटनालाई स्मरण गर्ने गरी आगामी दिनमा मित्रताको रुपमा सम्बन्ध अगाडि बढाउन र बुटवलप्रति सकारात्मक भावना राख्न निर्देशक वर्डलाई आग्रह गरे ।

नगरप्रमुख पाण्डेयले लुम्बिनी भ्रमणमा आउने मन्त्रीलाई जितगढी किल्लाको भ्रमणका लागि सहजीकरण गर्न र आवश्यक सहकार्यका लागि समेत प्रस्ताव गरेका छन् ।

जितगढी र पूरानो बुटवलको अवलोकन गरेपछि निर्देशक वर्डले नेपाल–अंग्रेज युद्ध भएकोे स्थलमा घुम्न पाउँदा खुशी लागेको र इतिहासबारे जानकारी पाएको भन्दै खुशी व्यक्त गरिन् ।

उनले जितगढी किल्ला र आसपासको पूरानो बुटवलसँग जोडिनेगरी बेलायत सरकारको तर्फबाट सहकार्यका लागि प्रयास गर्ने आश्वासन पनि दिइन् ।

वर्डले बुटवल उपमहानगरपालिकासँग सहकार्यका लागि इच्छुक रहेको बताउँदै बेलायती मन्त्रीको भ्रमणका लागि प्रयास गर्ने बताइन् ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १२ : २५ बजे

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौँ । झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

बाँके, रुपन्देहीसहितका २५ जिल्लामा सवारी संचालनमा रोक, थप भारी वर्षा हुन सक्ने चेतावनी

नेपालगन्ज । बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय चक्रको प्रभावले वर्षा

उद्धार गरिएका नरभक्षी बाघले बर्दिया निकुञ्जका खोर भरिए

नेपालगन्ज । मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार

पाल्पामा पहिरोको बितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा । अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र