३ मंसिर २०८३, बिहिबार | November 19, 2026

जनताका समस्या समाधान गर्न पार्टीभित्र एकता कायम गर्नुपर्छ



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले मुलुकको राष्ट्रिय हित, जनताका समस्या समाधानमा पार्टीले एकता कायम राख्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई राष्ट्रियता र जनताका सरोकारका विषयमा स्पष्ट दृष्टिकोणसहित सक्रिय हुन आग्रह गरे ।

उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि सङ्घर्षबाट पछि हट्न नहुनेमा जोड दिए ।

उपाध्यक्ष थापाले आशन्न स्थानीय तह, प्रदेशसभालगायतका निर्वाचनमा जनतासँग प्रत्यक्ष मितेरी गाँस्नुपर्छ भने ।

केन्द्रीय कमिटीले विगतको निर्वाचनबारे गम्भीर आत्मसमीक्षा गरेको र सही निष्कर्ष निकालेको उल्लेख गर्दै दृढतापूर्वक कार्यान्वयन जरुरी रहेको बताए।

भेलामा तीन हजार ४१४ जना नेता तथा कार्यकर्ता सहभागी छन् । स्थानीय तह निर्वाचनको तयारी, पार्टीको वैचारिक तथा सङ्गठनात्मक एकता सुदृढीकरण र राष्ट्रिय राजनीतिक परिस्थितिबारे साझा दृष्टिकोण निर्माण गर्न भेला आयोजना गरिएको हो ।

भेला सकिएलगत्तै आजै साँझ पार्टीको केन्द्रीय कमिटीको बैठक बस्ने कार्यक्रम रहेको प्रचार विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  १० : ५८ बजे

Your email address will not be published.

जनताका समस्या समाधान गर्न पार्टीभित्र एकता कायम गर्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले मुलुकको

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना : तीन जनाको मृत्यु, सात जना घाइते

हेटौंडा । मकवानपुरको भीमफेदीमा सुमो गाडी दुर्घटना हुँदा तीन जनाको

दुबई भ्रमण सकेर स्वदेश फर्किए गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) को

राप्तीसोनारीका दश परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

बाँके ३। बाँकेको राप्तीसोनारी गाउँपालिकाका भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई

म्याग्दी प्रहरीको ‘ब्राबोसेरा’ अभियान

म्याग्दी । वन्यजन्तुको अवैध चोरीसिकार तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने