१६ माघ २०८२, शुक्रबार | January 30, 2026

एमालेसँग एक्लै लड्न नसकेपछि गठबन्धनको बैशाखी : उपाध्यक्ष पौडेल



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेसँग एक्लै चुनाव लड्न कुनै दलले आट नगरेको बताएका छन् । एक्लै लड्ने आँट नभएपछि गठबन्धनको बैसाखी टेकेको पनि पौडेलले बताए ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष पौडेलले दलहरूले एमालेसँग एक्लै लड्न नसक्ने कुरालाई सार्वजनिक रूपमै स्वीकार गरेको दाबी पनि गरे । ‘एमालेसँग एक्लै चुनावमा भिड्न कुनै पनि शक्तिको आँट देखिएन,’ उनले भने । पौडेलले आफ्नो खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको जिकिर गरे ।

उनले जस्तोसुकै गठबन्धनलाई पनि जनताले परास्त गर्ने दाबी गर्दै आगामी निर्वाचनमा एमालेले नै बहुमत सिटमा विजयी हासिल गर्ने बताए । ‘एमालेले आगामी चुनावमा बहुमत सिट जित्छ, त्यसो हुन नसके ठूलो दलको रूपमा स्थापित हुन्छ,’ उपाध्यक्ष पौडेलले भने ।

उनले स्थानीय तह निर्वाचनमा एमाले एक्लै लड्दा पनि धेरै जित निकालेको दाबी गर्दै प्रचारलाई व्यवस्थित गर्न आग्रह गरे । एमालेले गरेका राम्रा काम जनतामा नजाने तर गठबन्धनले आफूले गर्दै नगरिकान कामलाई समेत श्रेय लिने गरी जनतामा भ्रम फैलाउने काम गरेको भन्दै उनले त्यसलाई मिडियाले चिर्नुपर्ने बताए ।

‘सत्य कुरा जनताले थाहा पाउनुपर्छ, तर गठबन्धनले जनतामा भ्रम छर्ने मात्रै काम गरेको छ, एमालेले साढे तीन वर्ष सरकार चलाउँदा भएका राम्रा कामबारे जनतालाई बुझाउनु जरुरी छ,’ पौडेलले भने ।

उनले आउँदो निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउने गरी केन्द्रित हुन भातृ संगठनहरूलाई आग्रह समेत गरे । निर्वाचन सम्मुखमै आइसकेको बताउँदै पौडेलले एमालेका लागि अनुकूल नतिजा आउने गरी परिणाम निस्कने गरी आ–आफ्नो क्षेत्रबाट लाग्न आग्रह गरे ।

बुटवलमा निर्माणाधीन तिनाउ दानव कोरिडोर प्रभावितको उचित व्यवस्थापन गरिने भन्दै त्यसप्रति कसैले भ्रम सिर्जना नगर्न उनले आग्रह गरे । कोरिडोरमा पर्ने घरपरिवारलाई उनीहरूको इच्छाअनुसार चित्तबुझ्दो स्थानमा स्थानान्तर गर्ने बताउँदै पौडेलले सबैलाई ढुक्क हुन आग्रह गरे । एमाले काम गर्ने पार्टी भए पनि प्रचार गर्न नजान्दा त्यसको फाइदा विपक्षीले लिइरहेको उनको भनाई थियो । उनले भने, ‘देशमा १६५ निर्वाचन क्षेत्रमध्ये रुपन्देही–२ विकासका हिसाबले सबैभन्दा अग्रभागमा छ । तर, हामीले ‘पोजेटिभ रेस्पोन्स’ पाउन सकिरेका छैनौँ । हामीले अब प्रचारमा पनि बढी ध्यान दिनुपर्ने अवस्था आएको,’ उनले भने ।

एसपीपीमा एमालेको विरोधकै कारण सरकार पछि हट्न बाध्य भएको पौडेलले बताए । एमसीसी एमालेको विरोधकाबीच कांग्रेस माओवादीले पास गरेको उनको भनाई थियो । ‘नागरिकता विधेयक एमालेको विरोधकाबीच संसदबाट पास भयो’, उपाध्यक्ष पौडेलले भने, ‘तर यसको जस एमालेले होइन गठबन्धनले लिइरहेको छ । हामीले सहज रूपमा बुझाउन सकेका छैनौँ ।’

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ६ : ४८ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र