९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

सात दिनभित्र कर बुझाउन क्यासिनोलाई काठमाडौं महानगरको ताकेता



काठमाडौं । काठमाडौं महानगरपालिकाले सात दिनभित्र कर बुझाउन सात वटा क्यासिनोलाई ताकेता दिएको छ ।

पटक पटक कर बुझाउन ताकेता गरिए पनि होटल म्यारियटमा रहेको डेल्टिन क्यासिनो, अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस, ¥याडिसन होटलको क्यासिनो ¥याड, हायात होटलको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन, होटल सोल्टीमा रहेको माजोङ इन्टरटेनमेन्ट, होटल एलफ्टमा रहेको बाल्को क्यासिनो र मल्ल होटलमा रहेको बेली क्यासिनोले नबुझाएको भन्दै सात दिनभित्र कर बुझाउन तोकता दिइएको हो

महानगरले ताकेता गर्दा पनि आर्थिक वर्ष २०७५/०७६ देखि कर नबुझाएकाले उनीहरुलाई एक साताभित्र कर बुझाउन ताकेता गरिएको र सात दिनभित्र नतिरे महानगरपालिका राजस्व ऐन, २०७५ अनुसार कारबाही हुने महानगरपालिकाका राजस्व विभागका निर्देशक डा शिवराज अधिकारीले जानकारी दिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका प्रेमबहादुर आलेले पनि कर नबुझाउने एक दर्जन क्यासिनोको लाइसेन्स खारेज गरेका थिए भने केही क्यासिनोबाट सरकारले पाउनुपर्ने राजस्वबापत कम्तीमा पनि रु एक करोड बढी रकम सरकारका खातामा असुल गराएका थिए ।

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ६ : ३० बजे

उद्धार गरिएका नरभक्षी बाघले बर्दिया निकुञ्जका खोर भरिए

नेपालगन्ज । मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार

पाल्पामा पहिरोको बितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा । अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र

रसुवागढी-स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न चीनसँग सहयोग माग

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवागढी–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा