२६ श्रावण २०८३, मंगलबार | August 12, 2026

उदयपुरमा जंगली हात्ती मृत फेला



उदयपुर । सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ ।

उदयपुरको बेलका नगरपालिका-८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो । कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पर्ने सिसौली जंगलमा जंगली हात्ती मृत अवस्था फेला परेको थियो ।

डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहका अनुसार गए राति नै स्थानीयहरुले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताए ।

जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टर सहित कोशी टप्पु बन्य जन्तु आरक्षका प्रतिनिधिहरु सहित पोस्टमार्टममा पुगेका थिए ।

उनले भने, ‘त्यही क्षेत्रमा घुमी रहने जंगली हात्ती केहि दिन अघि नै मृत्यु हुन सक्ने अनुमान गरिएको थियो । हात्ती मृत अवस्थामा फेला परेकाले पोस्टमार्टम सहित अनुसन्धान अघि बढाएकाछौँ । मृत्युको कारण पोस्टमार्टमको रिपोर्ट नआइकन भन्न सकिँदैन्’ उनले भने ।

 

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ७ : १५ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र