४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

काबुल भएको विस्फोटमा रुसी दूताबासका कर्मचारीसहित ६ जनाको मृत्यु



एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम आक्रमणमा परेर रुसी दूतावासका दुई कर्मचारीसहित ६ जनाको मृत्यु भएको रसियाली र तालिवान अधिकारीहरूले बताएका छन् ।

सोमबार भएको उक्त हमलामा दूतावासका कर्मचारीसहित कन्सुलरमा सेवा लिन पर्खिएका चार जना अफगानीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा अन्य केही मानिस घाइते भएका छन् । आक्रमणको जिम्मा अतिवादी मुस्लिम समूह इस्लामिक स्टेटले जनाएको छ ।

आक्रमणमा एक कूटनीतिज्ञ र दूतावासका सुरक्षा गार्ड घाइते भएका रुसी सरकारी सञ्चार माध्यम आरआईएले पुष्टि गरेको छ । कन्सुलर शाखामा पुगेका आक्रमणकारीलाई सुरक्षाकर्मीले गोली हानेको अधिकारीहरूले बताएका छन् ।

सन् २०२१ को अगस्टमा तालिवान सत्तामा पुगेपछि अफगानिस्तानमा विदेशी मिसनमाथि हमला गरेको यो पहिलो पटक हो । यसअघि तालिबानले सो हमलामा कम्तीमा १० जना घाइते भएका जनाएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  ७ : ११ बजे

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो

रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको

राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी