९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीमा उजुरी



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एउटी नाबालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेको छ ।

१७ वर्षीया ती बालिकाले आफूलाई करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ काठमाडौं प्रहरी परिसरमा उजुरी दिएकी हुन । लामिछानेविरुद्ध उजुरी परेको प्रहरी उच्च स्रोतले पुष्टि गर्‍यो ।

पीडित भनिएकी बालिकाको मंगलबार साँझ नै मेडिकल परीक्षणसमेत गराएको प्रहरीको भनाइ छ । यद्यपि, यो विषयमा प्रहरीले विस्तृत जानकारी उपलब्ध गराएको छैन ।

स्रोतका अनुसार यो घटना भदौ ५ गते रातिको हो । त्यसको भोलिपल्ट सन्दीप पाँच टी–२० र तीन एकदिवसीय क्रिकेट श्रृंखला खेल्न ६ भदौमा नैरोबी उडेका थिए । सन्दीप हाल क्यारेवियन प्रिमियर लिग ९सिपिएल० खेल्न वेष्ट इन्डिजमा छन् । टी–२० श्रृंखला खेलेपछि उतैबाट सिपिएल खेल्न वेष्ट इन्डिज गएका छन ।

पीडित भनिएकी बालिका काठमाडौंको एउटा होस्टेलमा बसेर अध्ययन गरिरहेकी छात्रा भएको बताइन्छ ।
उनले प्रहरीलाई दिएको जानकारी अनुसार सन्दीपसँग उनी स्न्याप च्याट मार्फत जोडिएकी थिईन् । त्यसपछि उनीहरू इन्स्टाग्राममा समेत जोडिएका थिए ।

भदौ ५ गते साँझ सन्दीपले कफी खाने प्रस्ताव गरेको तथा आफूलाई लिन निजी कारमा होस्टेल नजिक आएको पीडित बालिकाको भनाइ छ ।

बालिका सन्दीपसंग तस्वीर लिन चाहन्थिन् । यद्यपि, सन्दीपले भने उनलाई कारमा बसेपछि भक्तपुर हुँदै नगरकोट पुर्याएको पीडित बालिकाको भनाइ छ ।

बालिकाले होस्टेल फर्किन जिद्दी गरेपछि उनीहरु राति करिब ११ बजे काठमाडौं आएको पीडित बालिकाको भनाइ छ । अबेर राति होस्टेल बन्द भएकाले सन्दीपले उनलाई तिलगंगा एउटा होटलमा बस्न आग्रह गरेको उनको आरोप छ ।

होटेलमा एउटै कोठामा बस्न बाध्य पारेको तथा मदिरामा मादक पदार्थ मिसाएर लठ्ठ पारेर आफूलाई जबर्जस्ती करणी गरेको आरोप पीडित बालिकाको छ ।

प्रहरीले मंगलबार साँझदेखि नै पीडितको उजुरीमाथि कारबाही थालेको जनाएको छ । पीडित बालिकाको परिवारले केही दिन भित्रमा सम्पूर्ण घटना विवरण सार्वजनिक हुने बताएका छन् ।

इन्डियन प्रिमियर लिग, बिग ब्यास लिगजस्ता फ्रेन्चाइज प्रतियोगिता खेलेर ग्लोबल स्टार बनेका लामिछाने जनवरीयता नेपाली राष्ट्रिय टोलीका कप्तान छन् । उनी सन् २०१६ देखि नेपाली टोलीबाट लगातार खेल्दै आएका छन् ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ६ : २९ बजे

रसुवागढी-स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न चीनसँग सहयोग माग

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवागढी–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

टी-२० वरियतामा नेपालको सधार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद्

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न