३ मंसिर २०८३, बिहिबार | November 19, 2026

चितुवा र दुम्सीको आतङ्कले किसान हैरान



बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका-२ दमेकका किसान गङ्गाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैँसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा निर्भर छन् । चितुवा र दुम्सीको आतङ्कले हैरान बनाएको छ ।

चितुवाले सापकोटाको दुई बोका र एक पाठी, स्थानीय रत्न परियारको तीन बोका/बाख्रा, नारायण सापकोटाको दुई, मेहन्द्र हमालको दुई र गङ्गाबहादुर ठकुरीको दुई बाख्रा/पाठामा क्षति पु¥याएको छ ।

जैमिनीको ग्रामीण क्षेत्रमा चितुवा र दुम्सीको बढ्दो आतङ्कका कारण पशुपालन र अन्न बाली सङ्कटमा पर्न थालेको छ । चितुवाले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि किसानले खर्कमा पशु चराउन छाड्नुपर्ने बाध्यता रहेको सापकोटा बताउँछन ।

“अहिले गौडा, भैँसेखर्क र टापु क्षेत्रमा स्थानीयवासी भए पनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिएपछि चितुवा र दुम्सीको आतङ्क बढ्न थालेको हो,” सापकोटाले भने, “हाम्रो गाउँमा बसाइँसराइ छैन छिमेकी गाउँ रित्तिँदा खेतबारी झाँडी बनेपछि चितुवा र दुम्सी गाउँ पस्न थाल्यो ।” किसानले बारीमा पुगेर बाँदरलाई धपाउन सक्ने भए पनि चितुवा र दुम्सीसँग केही नलागेको उनको भनाइ छ ।

चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रा आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेपछि किसान थप समस्यामा परेको अर्का बाख्रापालक किसान रत्न परियारले गुनासो गरे । उनले चितुवा लखेट्ने कुकुर जैमिनी नगरपालिकासँग माग गरेको बताए ।

आठ वर्षदेखि पशुपालन व्यवसायमा संलग्न गङ्गाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पाल्दै आए पनि अहिले बाख्राको सङ्ख्या घटाउँदै आएको बताए । जैमिनी नगरपालिकामा बसाइँसराइ उच्च रहेपछि बाँझो जग्गा बढ्दा बाँदर, चितुवा र दुम्सीले बाँकी रहेका स्थानीयलाई समस्यामा पारेको छ ।

जैमिनी नगरपालिकामा बसाइँसराइ बढेपछि झाडी विस्तार भएको छ । त्यसले किसानलाई समस्या पारेको छ । जैमिनी नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी रहेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ८ : १९ बजे

Your email address will not be published.

चितुवा र दुम्सीको आतङ्कले किसान हैरान

बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका-२ दमेकका किसान

भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो

नारायणगढ । दसैँ-तिहार तथा छठ पर्वको लामो बिदापछि भरतपुर अस्पतालमा

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरोको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक

एनपीएल : फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि

दुई पूर्वमन्त्रीसहित छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम