२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्र बहादुर चन्द निर्वाचित



काठमाडौं । नेपाल भलिबल संघको अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बुधबार भएको संघको नवौं चुनावी साधारण सभाबाट चन्द नेतृत्वको समूह निर्वाचित भएको हो ।

चन्दले अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष निरोज मास्केलाई २६ मतले पराजित गरे । चन्दले ७६ मत पाउँदा मास्केले ५० मत मात्रै प्राप्त गरिन् । निवार्चनमा कुल १ सय २८ मत खसेको थियो ।

साथै महासचिव पदमा पनि चन्द प्यानलकै रोशन कुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याउँदै मनवीर छन्त्याललाई पन्छाए । कोषाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित भए । उनले ७८ मत प्राप्त गरे भने रिता कोईरालाले ४६ मत प्राप्त गरिन् । संघको बागमती प्रदेशबाट उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा गौतम लासिभा निर्वाचित भए । याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) निर्विरोध निर्वाचित भए ।

सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भए । सचिव पदमा लुम्बिनी प्रदेशतर्फ भएको निर्वाचनमा झक बहादुर मिदुन तथा प्रदेश १ सचिवतर्फ विनोद सुवेदी निर्वाचित भए ।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ७ : २१ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले