२७ पुस २०८२, आइतबार | January 11, 2026

काममा फर्किए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक



जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनका कार्यक्रम स्थगित गरी नियमित काममा फर्केका छन् ।

जिल्लाका सबै राजनीतिक दलले प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको शान्ति सुरक्षाको प्रत्यभूति दिलाउने, बाल हिंसाविरुद्ध परेको उजुरी फिर्ता लिने र संयुक्त राजीनामा फिर्ता गर्ने सहमति भएपछि उनीहरु नियमित काममा फर्केको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकमीले आकस्मिक बाहेक सबै ठप्प पारेका थिए । प्रतिष्ठानका चिकित्सक करण साहमाथि लागेको आरोप फिर्ता लिने सहमति पछि सबै चिकित्सक काममा फर्केको अस्पताल प्रशासनले जनाएको छ । गत भदौ २ गते डा साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए ।

यहाँको एक निजी विद्यालयमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा डा साहले बाल हिंसा गरेको जनाउँदै बालकका आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा यही भदौ १३ गते जाहेरी दरखास्त दर्ता गरेकी थिइन।

जिल्ला अदालत जुम्लाले अनुसन्धान अभियोजनका लागि डा. साहलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ३ : ४६ बजे

पुरानै आनीबानी र शैलीसँगै बसेर नयाँ भविष्य निर्माण गर्न सकिंदैन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी

बहुमत महाधिवेशन प्रतिनिधि जता हुन्छन्, त्यहीँ पार्टी हुन्छ : महेश आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले बहुमत

नेपाल जियोलोजिकल सोसाइटीको अध्यक्षमा डा. शर्मा निर्वाचित

बुटवल । नेपाल जियोलोजिकल सोसाइटीको केन्द्रीय अध्यक्षमा डा. हरिप्रसाद शर्मा

रुपन्देहीको सियारी गाउँपालिकामा माछा महोत्सवको तयारी

बुटवल । माछा उत्पादनमा राम्रो पहिचान बनाएको रूपन्देहीको सियारीमा माछा

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक