९ असार २०८३, मंगलबार | June 23, 2026

हरेक सदस्यले थप दुई जना मतदाता बढाए एमालेको बहुमत सहजै आउछ : पोखरेल



काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनु पर्ने बताएका छन् ।

काठमाडौंमा आयोजित मोरङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले पार्टीले लिएको जे विचार छ त्यसलाई जनतासम्म पु¥याउन नसकेको हो की भनेर प्रश्न गरे । उनले कतिपय ‘छट्टुहरू’ले कमसल माल बेचिरहदा एमालेले भने गरेको राम्रो कामको समेत जनतामाँझ प्रचार गर्न नसकेको बताए । यसकारण निरन्तर जनतामाँझमै रहन उनले कार्यकर्तालाई निर्देशन पनि दिए ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेले चार प्रतिशत मत बढाए बहुमत पुग्ने पनि बताए । उनले भने, ‘यति भए सहजै एमालेको बहुमत पुग्छ ।’ काठमाडौंसहित अन्य जिल्लामा रहेका सम्पर्क मञ्चहरूले जिल्लाबाट आएका साथीहरूलाई संगठित गर्ने काम गरिरहेकोमा उनले प्रशंसा पनि गरे । उनले थपे, ‘यो निकै प्रभावकारी काम हो । थप राम्रो काम गर्दै जानु होला । तर, यस्ता काम गर्दा जिल्ला पार्टी नेतृत्वसँग समन्वय गर्नुहोस् । काठमाडौंमा जहाँ सुकै जे सुकै गरे पनि जिल्ला कमिटीसँग निरन्तर सम्पर्कमा रहनुहोला । नत्र भने परिणाम राम्रो नहुन सक्छ । हामी एकीकृत र केन्द्रीकृत नेतृत्व होस भन्ने चाहन्छौं । जिल्ला नेतृत्वले पनि मञ्चका साथीहरुलाई भिन्न र भाग खोस्न आएको जस्तो ठान्नु भएन ।’

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ३ : ५९ बजे

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

काठमाडौं । आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले

नगरकोटमा झैझगडाका क्रममा चक्कु प्रहार, एक युवकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित ६६ बढी घाइते, १३ जनाको मृत्यु

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा