२० बैशाख २०८३, आइतबार | May 3, 2026

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै



काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज नेपालको भ्रमणमा आउँदै छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली तीन दिने भ्रमणका लागि आज नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । चिनियाँ नेता लीसहितको चिनियाँ प्रतिनिधिमण्डल विशेष विमानमार्फत काठमाडौं ओर्लिने भएको छ ।

उनले आजै सभामुख सापकोटासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्‍याउन सक्ने सहयोग र सहकार्यका विषयमा छलफल हुने जनाइएको छ ।

त्यस्तै, लीको सम्मानमा सभामुख सापकोटाले आज साँझ रात्रिभोज आयोजना गर्ने भएका छन् ।

लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । त्यससँगै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट गर्नेछन् ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । यससँगै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटवार्ता गर्ने भएका छन् ।

उनको भ्रमणका क्रममा बीआरआईका विषयमा पनि छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ८ : २६ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज