१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागमती प्रदेशमा अव तामाङ र नेपाल भाषामा सरकारी कामकाज गर्न पाइने



काठमाडौं । देशमै पहिलो पटक बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिने निर्णय गरेको हो ।

मान्यता पाएका भाषालाई सरकारले गर्नुपर्ने सबैखालका तयारी र प्रक्रिया पुरा गर्न प्रदेश सरकारका प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।

मन्त्रिपरिषद बैठकले अघिल्लो आर्थिक बर्षमा विनियोजित बजेट गएको असार २४ गते सर्भर डाउन भएर भुक्तानी रोकिएको डेढ अर्ब रुपैयाँ भुक्तानी दिने प्रक्रिया मिलाउने पनि निर्णय गरेको छ ।

प्रवक्ता खनालका अनुसार असोज ३ गते संविधान दिवस मनाउनका लागि मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ ।

संबिधानत नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिईएपनि सरकारी कामकाजका लागि प्रदेश सरकारबाट मान्यता दिईएको यो नै पहिलो निर्णय हो ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ८ : ५४ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला