३ असार २०८३, बुधबार | June 17, 2026

साफ महिला च्याम्पियनसिप : नेपाल ६-० ले विजयी



काठमाडौं । नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।

सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० हराउँदै अन्तिम चारमा यात्रा पक्का गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन अमिषा कार्कीले दुई गोल गरिन् । यस्तै कुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दिपा शाहीले एक एक गोल गरेका हुन् ।

खेलको नवौं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । ११औं मिनेटमा सरुले, १७ औं मिनेटमा अमृताले र पहिलो हाफको इन्जुरी समयमा दिपाले गोल गरेपछि नेपालले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

७६औं मिनेटमा अमिषाले र दोस्रो हाफको पनि इन्जुरी समयमा अमिषाले नै दोस्रो गोल गरेपछि नेपालको पक्षमा सहज जित निस्किएको हो । जितसँगै समूह ‘बी’ को नेपालले ६ अंक जोडेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ८ : ४५ बजे

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक लागुऔषधसहित पक्राउ

दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा