१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

सावधान ! छैठौं पटक जैविक विनाशको युगमा प्रवेश गर्दैछ पृथ्वी



ताममान र मौसम अनुकल बन्न नसक्दा डायनोसरको अस्तित्व समाप्त भयो । अस्तित्वका लागि संघर्ष गर्न नसक्दा पटकपटक विभिन्न प्राणीहरु विलुप्त भैसकेका छन् । एक प्रजातिको अन्त्य र अर्को प्रजातिको उदय भैरहेको छ पृथ्वीमा । तर, प्राणिजगतको सबैभन्दा उन्नत विचार भएको मानव जातिको अति अतिक्रमणका कारण सिंगो पृथ्वी नै संकटमा पर्दै गएको वैज्ञानिकहरुले चेतावनी दिँदै आएका छन् । मानवीय अतिक्रमका कारण बढ्दै गएको ‘क्लाइमेट चेन्ज’ले भोलिको दिनमा भयानक संकट उत्पन्न हुने चेतावनी दिएका छन्, खोज अनुसन्धानकर्ताहरुले ।

सीएनएनका जोन डी सटर क्लाइमेट चेन्ज र सामाजिक न्यायको विषयका स्तम्भकार हुन् । सटरले प्राणी जगतकै छैठौं विलुप्तीकरणबारे वैज्ञानिक खोज तथा अनुसन्धान र विभिन्न वैज्ञानिकहरुसँगको छलफलका आधारमा अनुसन्धानमुलक रिपोर्ट तयार पारेका छन् ।

पृथ्वी आफ्नो छैठौै ठूलो विलुप्ततातर्फ अगाडि बढिरहेको घटानाप्रति वैज्ञानिकहरुको मत विभाजन भए पनि धेरै वैज्ञानिकहरु स्पष्ट छन् । यसको अर्थ शताब्दीको अन्त्यसम्म प्राणी जगतका तीन–चौथाई प्रजातीहरु लोप भैसकेका हुन्छन् भन्ने उनीहरुले दाबी गरेका छन् । यसो हुनुमा मानव प्रजातीकै सबैभन्दा बढी योगदान रहेको खुलासा पनि उनीहरुले गरेका छन् ।

नेशनल ऐकेडेमी अफ साइन्सको जनर्लमा प्रकाशित एक अध्ययन अनुसार, ‘जैविक विनाश’ को पूर्ण तस्वीर प्राकृतिक दुनियाँसम्म पुग्न सकिरहेको छैन । जसको जिम्मेवार पनि मानिस स्वयं नै हुन् ।

यूनिभसिडेड नेशनल अटोनोमा डे मेक्सिकोका इकोलोजीका प्रोफेसर गोरार्डो सेबलोस र स्टेनफोर्ड विश्वविद्यालयका जीववैज्ञानिक एवं प्रसिद्ध लेखक पावल एहर्लिच सहित उनको सह–लेखकले नयाँ सबूतको साथ प्रजातिहरुको संख्या नपत्याउने खालले घटिरहेको दाबा गरेका छन् ।

आफ्नो रिसर्च आर्टिकलमा यि वैज्ञानिकहरुले निकालेको मुख्य निस्कर्ष हो भूमिमा आधारित स्तनधारी, चरा, उभयचर र सरिसृप गरी २७ हजार छ सय प्रजातिको लगभग एक तिहाई संख्या र उनीहरुको प्रादेशिक सिमा नाशिँदै गएको छ ।

अनुसन्धानकर्ताले यसलाई जनसंख्या क्षयीकरणको अति उच्च डिग्री हो समेत भनेका छन् । वैज्ञानिकहरुले १७७ स्तनधारी प्रजातिहरुको अध्ययन गर्ने एउटा राम्रो समूहको अध्ययनलाई हेरेर सन् १९०० देखि २०१५ को बीचमा लगभग सबै क्षेत्रमा थोरै भन्दा थोरैमा पनि ३० प्रतिशत प्रजातिमा क्षयीकरण भएको दाबी गरेका छन् । जसमध्ये २० प्रतिशत भन्दा बढीको संख्यामा कमी आएको छ । यसको अर्थ तिनीहरुको आफ्नो प्राकृतिक भौगोलिक सीमाबाट ९० प्रतिशत भाग हराएको छ ।

विलुप्त हुन लागेका प्रजातिलाई मात्र हेर्दा छैठौं ठूलो विलपिकरण सोचे भन्दा निकै भयानक हुने आशंका त्यसै पक्कै गरिएको होइन । ति प्रजातिको संख्या र श्रेणी हेरेर नै यो छैठौं विलुप्तीकरण यस अघिका विलुप्तीकरण भन्दा निकै नै गम्भीर र भयानक हुने ‘रिसर्च आर्टिकल’मा उल्लेख गरिएको छ ।

स्टेनफोर्ड यूनिभर्सिटीमा जेस्पर रिज बायोलोजिकल रिजर्भका कार्यकारी निर्देशक एन्थनी बार्नोस्की भन्छन् ‘यो अध्ययन विहंगम छ, जसलाई मैले समेत देखेको छु । यो अध्ययनमा सामेल नभएका बार्नोस्कीले ‘के हुनेवाला छ मैले देखिरहेको छु, जबकी आम मानिसहरु र वैज्ञानिकहरुले पनि भोलि के हुनेवाला छ, अझै देख्न सकेका छैनन’ भन्दै छैठौं विलुप्तिकरणलाई थप प्रष्ट पारेका छन् । धेरै प्रजातिको संख्या त संकटग्रस्त भइसकेको छ ।

उदाहरणको लागि अफ्रिकन हात्तीलाई नै लिन सकिन्छ, संख्यामा हेर्ने हो भने अफ्रिकन हात्ती अझै पनि अफ्रिकाको जङ्गलमा ४ लाखको संख्यामा छन् । यसलाई निकै ठूलो संख्या मान्न पनि सकिएला । तर यो संख्या पछिल्लो शताब्दीको तुलनामा आधीको पनि आधी नरहेको गोरार्डो सेबलोस बताएका छन् । अघिल्ला शताब्दीमा अफ्रिकामा हात्तीको संख्या १० लाख भन्दा पनि धेरै रहेको उनको भनाइ छ । यस्तै तरिकाले अफ्रिकन हात्तीको संख्या घट्ने हो भने २० बर्षमा अफ्रिकाको जङ्गलमा हात्ती देख्न पाइने छैन् ।

अध्ययनले देखाएको छ, प्राणि जगत र वनस्पतीको सम्पूर्ण जनसंख्या संकटग्रस्त भएको छ ।

छैठौं विलुप्तलाई लिएर पछिल्लो समयमा धेरै नै विवाद चर्केको छ । छैठौं विलुप्तको घटनाक्रम पहिलादेखि नै सुरु भएको हो या यो क्षितिज पारिको कथा मात्र हो रु बहस जारी छ । वैज्ञानिकहरु भने यस विषयमा विभाजित पनि भएका छन् ।

तर, जलवायु परिवर्तन, वायु तथा जल प्रदुषण जस्ता मानव निर्मित खतराले भयानक कदमतर्फ अघि बढाइरहेको छ । विश्व बैंकका अनुसार तिब्र मानिसको विश्वव्यापी जनसंख्या वृद्धिले जंगलको विनाश भैरहेको छ भने वासस्थानको समस्या बल्झिँदै छ ।

प्रोफेसर गोरार्डो सेबलोसे अझै केही नबिग्रेको बताएका छन् । उनले मानिरसँग अझै प्रयाप्त समय भएको छ र यस्ता विनाशको नतिजालाई हेरेर मानिसहरुले पाठ सिक्नु पर्ने बताउँछन् । तर, समयमै नचेत्ने हो भने ‘जैविक विनाश’ क्रम चलिरहन्छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७७, शुक्रबार  १० : ०६ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको