३ चैत्र २०८२, मंगलबार | March 17, 2026

मानव सेवा आश्रममा भोजन गराएर मनाए औषधी ब्यवसायीले संघको चौथो स्थापना दिवस



बुटवल । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही शाखाले चौथो स्थापना दिवस मानव सेवामा आश्रितहरुलाई भोजन सहयोग गरेर मनाएको छ । मानव सेवामा आश्रितहरुका लागि गरिएको भोजन कार्यक्रमको एक समारोहकाबीच ब्यवसायी संघका निर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले उदघाटन गरे ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष सुरज भट्टराईले संस्थागत सामाजिक सहयोगलाइ निरन्तरता दिने काम गरेको बताए । घरमा एक जना बिरामी पर्दा सेवा गर्न धेरै कठिनाई हुने भन्दै यति ठूलो समुहलाई स्याहारसुसार गर्ने काम सामान्य नभएको उनले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार रोहितराज क्षेत्री, लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपाने, जिल्लाका महासचिव पुरुषोत्तम भट्टराई, सचिव नारायण थापा लगायतले संस्थागतका साथै ब्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश प्रमुख रुपा केसीले विभिन्न उमेर समुहका अनाथ असहायहरुको अभिभावक बन्ने अवसरका रुपमा सहयोग रहेको बताईन । आर्थिक सहयोग जुटाउन ७ प्रदेशको १० वटा स्थानमा नेपथ्य ब्याण्डसंग सहकार्य गरि मानवताका लागि सागितिक कार्यक्रम गर्ने तयारीमा रहेको उनले जानकारी दिईन् ।

हाल ७ प्रदेशमा २५ वटा सेवा आश्रममा १ हजार ६ सय भन्दा बढी अनाथ असहायहरु आश्रीत छन । बुटवलमा भाडामा संचालनमा रहेको आश्रम अहिले तिलोत्तमा नगरपालिकामा आफनै भवन निर्माण गरि सारिएको छ । रुपन्देही शाखामा १ सय ५० जना आश्रित छन ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ९ : ०० बजे

तिर्न बाँकी सरकारी ऋण २८ खर्ब ७८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को सुरुमा कुल सार्वजनिक

सि चिङफिङको पुस्तक जलाएको घटनामा दोषीलाई कारवाही गर्न गृहको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पु(याउने किसिमको घटनामा

दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी

बागलुङ । दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका

दोहोरो अंकले बढ्यो नेप्से, १२ अर्ब तीन करोड ४४ बढीको कारोबार

काठमाडौं नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको

‘अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे

चितवन । अफ्रिकन स्वाइन फिभरका कारण जिल्लामा १२० वटा बङ्गुर