१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

नेपालगन्जका सहकारी पीडितहरु अभियुक्त घेर्न अदालत पुगे



नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेको सहकारी वित्तिय विकास संस्था लिमिटेडबाट ५८ करोड हिनामिना काण्डका मुख्य अभियुक्त हरदेवबक्स चौधरीलाई बचतकर्ताहरुले अदालत परिषरमै पुगेर घेराउ गरेका छन् ।

बाँके जिल्ला अदालतमा तारिख बुझ्न आएका चौधरीलाई अदालतको गेटमै पुगेर पीडित बचतकर्ताले घेराउ गरेका हुन् । बचतकर्ताहरुको ५८ लाख हिनामिना गर्ने कार्यमा नेतृत्व गरेका चौधरीलाई ‘पैसा कहिले पाउँछौं’ भनेर बचतकर्ताहरुले प्रश्न गरेका थिए ।

२१ लाख धरौटीमा छुटेका अध्यक्ष चौधरीले कानूनी प्रक्रियामा गएकाले अदालतबाट हुने फैसला अनुसार नै रकम पाउने बचतकर्ताहरुलाई जवाफ फर्काएका थिए । बाँकेकै जेठो मध्यको सो सहकारीमा ५८ करोड हिनामिना भएपछि बचतकर्ताहरुको उजुरीको आधारमा संस्थाका अध्यक्ष चौधरी सहित ४१ जनाविरुद्ध मुद्दा परेको थियो । ४१ जना मध्य ६ जना जेलमा छन् भने अरु धरौटीमा जुटेका छन् ।

चौधरी अदालतमा आउँदैछन् भन्ने थाहा पाएपछि बचतकर्ताहरु आएर घेराउ ग।ेको सहकारी पीडित संघर्ष समितिका उपसंयोजक आशुतोष शुक्लाले बताए । अधिकांस गरिव किसान र मधेसीमुलका स्थानीयले बचत गरेको रकमबाट ५८ करोड बढी रहकम हिनामिना भएपछि आफ्नो पैसा फिर्ताका लागि बचतकर्ताहरु तीन वर्षदेखि सडकमा छन् ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ९ : ०७ बजे

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि

जेनजी घाइतेको विवरण सार्वजनिक

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न

बैठक जारी रहेकैबेला जलजला दुर्घटनामा २० जनाको ज्यान गएपछि शोक मनाएर बैठक स्थगन

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी रुकुमपूर्वको जारी बैठक जिप दुर्घटनामा

रोल्पा दुर्घटनामा मृतकको सनाखत (नामावली सहित)

रूकुमकोट । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान

बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुम्बासीले टिपाए विवरण

काठमाडौं । काठमाडौंको बल्खु र वंशीघाटस्थित सुकुम्बासीवस्तीबाट हटाइएकामध्ये शुक्रबार दिउँसोसम्म