१९ बैशाख २०८३, शनिबार | May 3, 2026

भारतमाथि नेपालकाे ऐतिहासिक जित, पाँचौं पटक फाइनलमा



काठमाडौं । महिला साफ च्याम्पियनसिपमा नेपालले पहिलो पटक भारतमाथि जित निकालेको छ । शुक्रबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा भारतमाथि ऐतिहासिक जित निकाल्ने नेपालले १-० को जित निकाल्यो ।

यसअघिका पाँचैं संस्करणमा नेपाल भारतसँग पराजित भएको थियो। जसमध्ये नेपाल ४ पटक फाइनल र एक पटक सेमिफाइनलमा पराजित भएको थियो ।

यता, अघिको पाँचौं उपाधि अपराजित रहँदै जितेको भारतको यो पटक पनि लागतार दुई हार बेहोरेपछि पहिलो पटक फाइलन पुग्न असफल भएको छ । यसअघि उ समूहको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

भारतविरुद्ध नेपाललाई जित दिलाउने क्रममा पहिलो हाफको इन्जुरी समयमा रश्मीकुमारी घिसिङले उत्कृष्ट गोल गरेकी थिइन् । उनले प्रीतिलाईको पासमा गोल गरेकी थिइन् ।

पहिलो पटक साफा च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले अब फाइनलमा बंगलादेशको सामाना गर्ने छ । बंगलादेशले आजै भएको सेमिफाइनलमा भुटानमाथि ८-० को जित निकालेको थियो । याेसँगै महिला साफले नयाँ विजेता पाउने छ ।

प्रकाशित मिति : ३१ भदौ २०७९, शुक्रबार  ७ : ३० बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौँ । केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको

खजुरामा वैशाख २७ देखि प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता हुने

नेपालगन्ज । बाँकेको खजुरामा प्रथम अशोक स्मृति कप फुटबल प्रतियोगिता

मस्कटमा लगानी तथा निर्यात प्रवर्द्धन कार्यक्रम

काठमाडौँ । ओमानस्थित नेपाली दूतावासले २५७०औँ बुद्ध जयन्ती तथा अन्तरराष्ट्रिय