२ पुस २०८२, बुधबार | December 17, 2025

जजिराले सुरु गर्‍यो भैरहवाबाट कुवेतको दैनिक उडान



भैरहवा । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलबाट दैनिक अन्तराष्ट्रिय उडान सुरु भएको छ । साताको ३ दिन उडान भरिरहेको जजिरा एयरलाइन्सले शुक्रबारबाट भैरहवा–कुवेत दैनिक उडान सुरु गरेको हो । यात्रुहरुको चाप बढ्दै गएको र भैरहवा रुटको उडान व्यावसायिक रुपमा पनि सफल भएको पाएपछि नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले बताए ।

यो विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान जजिराले जेठ२ बाट गर्दै आएको छ । कुवेतबाट जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०–२३३ विमानले १७४ यात्रु लिएर अवतरण गरेको थियो । जजिरा एयरलाइन्सले हप्तामा सोमबार, बुधबार र शनिबार गरी तीनवटा उडान गर्दै आएको थियो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि जजिरा एयरले मात्रै व्यवसायिक उडान नियमित रुपमा गर्देै आएको छ । जजिराको एयर बस ३२० नीओ विमानले हाल सम्म हालसम्मे कुबेत–भैरहवाबीच १ सय १० वटा उडान गरेको छ । जसबाट कुल ६ हजार ५ सय ८७ यात्रु आएका छन् भने कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।

आउँदो कात्तिक १३ गतेदेखि विज एयरले पनि भैरहवाबाट यूएईको अबुधावीमा हवाई उडान संचालन गर्दैछ, हंगेरीको यो वायुसेवा कम्पनीले तत्कालका लागि हप्तामा तीन वटा हवाई उडान सञ्चालन गर्नेगरी टिकट काट्ने अनुमति पाइसकेको छ ।

नेपालकै दोस्रो अन्तराष्ट्रिय विमानस्थल भएकोले र अन्तराष्ट्रिय क्षेत्रमा नयाँ विमानस्थलको रुपमा रहेको विमानस्थललाई चलायमान बनाउन नेपाल नागरिक उड्डययन प्राधिकरणले विभिन्न छुट दिँदै आएको छ । नारायणी वारीका यात्रुहरु काठमाण्डौ पुग्नु नपर्नेगरी जजिराले कुवेतको हवाइ यात्रा भैरहवाबाट सुरुवात गरेको हो । विमानस्थलको सञ्चालनसँगै बढ्दो हवाइ यात्रु चाप घट्ने र काठमाण्डौंको विकल्प रुपमा बनेको विमान स्थलमा काठमाण्डौंमा अवतरण गर्न नसक्ने ठूला विमान समेत भैरहवामा अवतरण हुन सक्छन ।

काठमाण्डौभन्दा बढि अत्याधुनिक उपकरण भैरहवामा जडित छ, अबको ५ वर्षमा विमानस्थल फूलफेजमा सञ्चालनमा आउने अपेक्षा प्राधिकरणको रहेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ११ : ०० बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष