२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

बेनी-जोमसोम सडक सास्ती र जोखिम



म्याग्दी । पहिरोका कारण मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकमा यात्रुलाई सास्ती हुन थालेको छ । सडकमा खस्ने पहिरोले सवारीसाधनमा क्षति पुग्ने, यात्रुलाई चोट लाग्ने र आवतजावत बन्द हुँदा जोखिम, झन्झट र सास्तीपूर्ण बनेको हो ।

७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा केही दिनयता दैनिकजसो यातायात अवरुद्ध हुने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्र नेपालीका अनुसार जलेश्वर, राहुघाट, बैसरी, नौनीबगर, जलथले, रुप्से र काभ्रेभिरको पहिरोले बेनी-जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या भएको हो । “कुन ठाउँमा कति बेला पहिरो खस्छ थाहै हुँदैन”, उनले भने, “खसेको पहिरो पन्छाउँदै सवारीसाधनलाई गन्तव्यमा पठाउँदै गरिएको छ ।” राहुघाटमा पहिरो खसेर सडक साँघुरिने र हिलोमा फस्ने समस्या छ ।

बैसरीमा सडक माथिबाट केही दिनयता निरन्तर पहिरो झरिरहेको छ । पहिरो खस्न रोकिएको समयमा सवारीसाधन पार गराउने गरिएको छ । अन्नपूर्ण गाउँपालिकाको नौनीबगर, जलथले, रुप्से र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा पनि पहिरोको समस्या छ । यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । बीच बाटेमै अलपत्र पर्नुपर्ने अथवा गाडी परिवर्तन गर्नुपर्ने समस्या छ ।

जोमसोमबाट शनिबार बेनी आइपुग्न काठमाडौँका तीर्थ श्रेष्ठले पहिरोका कारण पूरै दिन लागेको बताए । “अघिपछि जोमसोमबाट चार घण्टामै बेनी आइपुगिन्थ्यो”, उनले भने, “यसपालि पहिरोले बिहान ६ बजे हिँडेको साँझ ७ बजेमात्र बेनी आइपुगियो ।”

राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत बेनी-जोमसोम सडक स्तरोन्नतिको क्रममा रहेको छ । मुस्ताङको घाँसा देखि जोमसोम खण्डको पुल नभएको ठाउँ बाहेकका ठाउँमा सहज यातायात सञ्चालन भइरहेको छ ।

भिरालो र कमजोर भूगोल भएको म्याग्दी खण्डमा विस्तार गरिएको सडक भत्किएर हिलाम्मे बनेको छ । कालोपत्र गर्ने तयार भएको सडक पनि पहिरोले साघुरिएको छ । कतिपय ठाउँमा ट्रक र ठूला वस एकतर्फी मात्र आवत जावत गर्न सक्छन् ।

बेनी–जोमसोम कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले सडक विभाग र ठकेदार कम्पनीका डोजर लगायत उपकरणलाई तयारी अवस्थामा राखेर पहिरो पन्छाउने र यातायात सञ्चालन गर्ने गरिएको बताए ।

म्याग्दीको रुप्सेबाट मुस्ताङको घाँसासम्मको खण्डमा धेरै पहिराको समस्या देखिएको उनको भनाइ छ । दुई वर्षअघिको बाढीले रुप्से र घाँसाको खहरेखोलामा निर्माणाधीन पुलको जगनै बगाएको थियो । बेगखोला र रुप्सेमा बाढी आउँदा सवारीसाधन आवतजावत गर्न सक्दैनन् ।

काठबेनीमा दिवङ्गत पितृलाई सोह्रश्राद्धमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजनको चाप बढ्न थालेको छ । यसैगरी मुस्ताङ भ्रमणको याम पनि सुरु भएको छ । सडकको समस्याले मुस्ताङमा उत्पादन भएको स्याउ र आलुलगायत कृषि उपज निकासीमा समस्या भएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ९ : ०४ बजे

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको

प्रधानमन्त्री वालेन्द्र र सभामुख अर्यालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सभामुख डोलप्रसाद अर्यालबीच मंगलबार

मुस्ताङमा अवैध ढंगले कालीगण्डकी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा

मुस्ताङ । कालीगण्डकी नदीको अवैध उत्खनन गर्ने सात व्यक्ति र

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल