८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

टुकुचा मिचेर बनेका संरचना तत्काल नभत्काउन उच्च अदालतको आदेश



काठमाडौं । उच्च अदालत पाटनले टुकुचा मिचेर बनाइएका संरचना तत्काल नभत्काउन आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले जयनेपालचोकदेखि काठमाडौंप्लाजासम्म हराएको टुकुचा खोज्न सुरु गरेपछि सो क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै तत्काल कुनै संरचना नभत्काउन अल्पकालीन आदेश दिएको हो ।

आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्‍याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

काठमाडौं महानगरले टुकुचा खोला मिचेर बनेका संरचना भत्काउँदै खोला खुला गर्ने अभियान सुरु गरेको थियो । महानगरले जयनेपाल सिनमा हलको कम्पाउण्डमा १५ फिट खोतल्दा खोला फेला पारेपछि उत्खननलाई निरन्तरता दिइरहेको थियो ।

उच्च अदालतले यही ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । त्यसपछि अन्तरिम आदेश जारी गर्ने या नगर्ने विषयमा आदेश हुनेछ । अदालतको आदेशमा प्रक्रिया बमोजिम नक्सा पास गरिएको र निर्माण सम्पन्नताको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन भनिएको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ४ : ५८ बजे

धनी उपप्रधानमन्त्री : नगद नै २ करोड मौज्दात साथमा राख्ने रघुवीर

काठमाडौं । मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान

काठमाडौं । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान

प्रधानमन्त्रीको सम्पत्ति : एउटा घर, एउटा घडेरी, ५ तोला सुन

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक

काठमाडौंमा राप्रपाको मोटरसाइकल ऱ्याली

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाल सरकार समक्ष पेश गरेको

बाँकेमा हुरीबतास र असीनापानीले विद्युत् आपूर्ति प्रभावित, ठुलो परिमाणमा कृषि उत्पादन नष्ट

नेपालगन्ज । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र आसपासका क्षेत्रमा सोमबार बेलुकाको