४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

साढे दुई करोडको कम्पनी बेचेको पैसा माग्दा उल्टै क्षतिपूर्ति मुद्दा, प्रहरीको अनुसन्धानमाथि शंका



बुटवल । पश्चिम नवलपरासीको सुनवलका प्रियव्रत श्रेष्ठले राम्रै चलेको १७ वर्ष पुरानो कम्पनी गत वैशाख ३ मा लुप नेटवर्क पौने तीन करोडमा बेचे ।

इन्टरनेट सेवा प्रदायक उनको कम्पनीका दुई हजार बढी ग्राहक थिए र मासिक २५ देखि ३५ लाख रुपैयाँ आम्दानी हुन्थ्यो । कम्पनी बेचेको पैसा पाउने बेला भने श्रेष्ठले उल्टो क्षतिपूर्ति मुद्दाको झमेला खेप्नुपरेको छ ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको लुप नेटवर्क लिमिटेडले श्रेष्ठको एक्मी टेक्निकल इन्स्टिच्युट प्रालिलाई दुई करोड ५० लाख रुपैयाँमा ३ वैशाखमा मा खरिद गरेको थियो ।

खरिद सम्झौता अनुसार पहिलो किस्ता वापत ७० लाख रुपैयाँ साउन १५ गते तिर्नुपर्ने थियो । लुप नेटवर्कले साउन १५ मा ७५ लाख, भदौ १५ मा २५ लाख, असोज १५ मा २५ लाखका दरले पुस १५ सम्म सबै रकम चुक्ता गर्नुपर्ने सम्झौता पत्रमा उल्लेख छ ।

लुप नेटवर्क लिमिटेडले सिटिजन्स बैंक इन्टरनेशनलको साउन १५ कै मितिको ७० लाखको चेक एक्मीका पुर्व सञ्चालक प्रियब्रत श्रेष्ठलाई दियो । तर, खातामा रकम नभएपछि उक्त चेक साउन २९, ३१ र भदौ २ गते तीनपटक सम्म साटिएन ।

यसबीचमा श्रेष्ठले खातामा रकम जम्मा गर्न आग्रह गरे । यही विषयमा दुई पक्षबीच विवाद पनि भयो । भदौ ६ गते दुबै पक्ष जिल्ला प्रशासन कार्यालयमा छलफल गरी लुप नेटवर्कले सम्झौता अनुसार रकम भुक्तानी गर्ने सहमति भयो । तर, लुप नेटवर्क लिमिटेडले रकम भुक्तानी गर्नुको साटो भदौ १६ गते श्रेष्ठविरुद्ध कम्पनीलाई क्षति पु¥याएको भन्दै जिल्ला अदालतमा क्षतिपूर्तिको मुद्दा दर्ता ग-यो ।

प्रशासनमा मिलापत्र भइसकेर रकम पाउने आशामा बसेका श्रेष्ठ लुप नेटवर्कका सञ्चालकले रकम नतिर्न आफूविरुद्ध योजनावद्ध षडयन्त्र गरेको महसुस गरी भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा लुप विरुद्ध चेक अनादरको उजुरी दिएको बताउँछन् ।

चेक अनादरको उजुरी दिन जाँदा जिल्ला प्रहरी कार्यालयका प्रमुख र डीएसपीले बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म आलटाल र बहानाबाजी गरेको समेत श्रेष्ठको गुनासो छ । जिल्ला सरकारी वकिल कार्यालयमा गुनासो गरेपछि साँझ साढे ६ बजे मात्रै आफ्नो उजुरी दर्ता भएको उनले बताए ।

‘कारोबारको ऋण तिर्नका लागि १७ वर्ष मेहनत गरेर राम्रोसँग चलेको कम्पनी बेचेको थिएँ, पैसा पाउने बेलामा घर न घाटको भएर उल्टो क्षतिपूर्तिको मुद्दा खेपेको छु,’ पत्रकार सम्मेलन गरेर श्रेष्ठले भने, ‘मलाई पीडामाथि पीडा र अन्याय भयो, प्रहरी प्रशासनको अनुसन्धानमा पनि शंका छ ।’

राष्ट्रिय अनुसन्धान विभागले लुप नेटवर्कको सुनवलस्थित कार्यालयको सीसीटीभी फुटेज हेर्दा सादा पोशाकमा गएका प्रहरी नायब निरीक्षक महेन्द्रराज काफ्लेले कम्पनीका कर्मचारी राजन कोइरालाबाट रकम लिएको देखिएकाले प्रहरी अनुसन्धानमाथि आशंका भएको श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : १३ बजे

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक

जेनजी आन्दोलनमा जलेका लालपुर्जाको श्रेष्ता कायम गर्न सास्ती खेप्दै सेवाग्राही

नेपालगन्ज । गत सालको भाद्र २४ गतेको जेनजी आन्दोलनका क्रममा

विषादीको विकल्पमा ‘जैविक झोल’

म्याग्दी । म्याग्दी, मुस्ताङ, बागलुङ र पर्वत कार्यक्षेत्र रहेको राष्ट्रिय

कोरलानाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

मुस्ताङ । यहाँको नेपाल-चीन उत्तरी कोरलानाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस

सुनकोशीको बेलिब्रिज झिकिएपछि समस्यामा स्थानीय

खोटाङ । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ