१६ माघ २०८२, शुक्रबार | January 30, 2026

लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता २०७९ : महिला भलिबल, बुद्धिचाल, तेक्वान्दो, कपर्दी खेल सम्पन्न



बुटवल । बुटवलमा जारी नवौ राष्ट्रिय खेलकुद २०७९ लुम्बिनी प्रदेशस्तरीय छनौट प्रतियोगिता अन्तरगत महिला भलिबल, बुद्धिचाल, तेक्वान्दो र कपर्दी खेल सम्पन्न भएका छन ।

सिद्धेश्वर खेलमैदान सोमबार भएको महिला भलिबलमा रुकुम पुर्व विजयी भएको छ । फाईनल खेलमा रुकुम पुर्वले दाङलाई २-१ को सेटले पराजित गर्दै उपाधि चुमेको छ । यसैगरि खेलमा रुपन्देही तेस्रो भएको छ । रुपन्देहीले बाकेलाई २-० को सेटले पराजित गरेको थियो ।

जिल्ला खेलकुद विकास समिति परिसरमा सम्पन्न तेक्वान्दो खेलमा बाके प्रथम भएको छ । ९ महिला र १० पुरुष कोटाको लागि पुरुष-महिला काता र फाईट खेलमा टिम बाँकेले ९ स्वर्ण, ४ रजत र ७ कास्य पदक जित्दै प्रथम भएको हो । खेलमा रुपन्देही ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै दोस्रो तथा रोल्पा २ स्वर्ण, ५ रजत र ३ कास्य पदक जित्दै तृतिय स्थान हासिल गरेको कार्यक्रम संयोजक राजकुमार पाण्डेले बताए ।

यता योगीकुटी लुम्बिनी फुटसल एरियामा भएको पुरुष/महिला कबठ्ठीमा नवलपरासीले उपाधि जितेको छ । पुरुषतर्फ फाईनल खेलमा नवलपरासीले बाकेलाई ५४-१८ अंकले पराजित गर्दै उपाधि हात परेको हो । खेलमा रोल्पा र रुपन्देही तृतिय भएको छ । महिलातर्फ नवलपरासीले गुल्मीलाई फाईनलमा ३४-२४ अंकले पराजित गर्दै उपाधि हात पारेको छ । खेलमा रुपन्देही र बर्दिया तृतिय भएको छ ।

प्रतियोगिता अन्तरगत पुरुष/महिला फुटबल एन्फा एकेडेमी बुटवलमा दोस्रो दिनको खेलहरु जारी छ । पुरुष फुटबलतर्फ बाके र बर्दिया फाईनलमा स्थान बनाएका छन ।

पहिलो सेमीफाइनलमा बाकेले दाङलाई पेनाल्टीमा शुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाईनलमा स्थान बनायो । यसगरि बर्दियाले नवलपरासी बिचको दोस्रो सेमीफाइनल खेलको निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि सडेन डेथमा बर्दिया ६-५ गोलले विजयी हुदै फाईनलमा पुगेको हो । मंगलबार उपाधिका लागि बाके र बर्दिया बिच फाईनल खेल हुनेछ ।

यसैगरि महिलातर्फ भने अन्तिम चारको टुगो लागेको छ । फाईनल खेलका लागि मंगलबार पहिलो सेमीफाइनल बाके र रुपन्देही तथा दोस्रो सेमीफाईनल खेल गुल्मी र बर्दिया बिच हुनेछ । प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ६ टिमले भाग लिईरहेका छन ।

प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा असोज २ गतेबाट १० गतेसम्म प्रदेश स्तरीय प्रतियोगिता तथा छनौट खेलहरु  रूपन्देहीसहित नवलपरासी, कपिलवस्तु, दाङ, नेपालगंज र बर्दियामा जारी रहने प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराई बताए । प्रतियोगितामा १२ जिल्लाका २ हजार ६ सय ५२ जना खेलाडीहरु, २ सय अफिसियल र ३ सय भोलिन्टियरहरुको सहभागीता रहने छन ।

 

 

 

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ८ : ५८ बजे

पाकिस्तानी दूतावासमा कला प्रदर्शनी र कलाकार संवाद कार्यक्रम

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’

अर्थ मन्त्रालयको दोस्रो त्रैमासिक कार्यप्रगति : पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८/८३ को दोस्रो

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता