२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

काभ्रेमा चाडवाड लक्षित महोत्सवको आयोजना



काभ्रेपलाञ्चोक । नेपालीको महान् चाड दशैँको पूर्वसन्ध्यामा काभ्रेपलाञ्चोकका दुई स्थानमा महोत्सवको आयोजना गरिएको छ । जिल्लाको मुख्य व्यापारिक सहर बनेपा र कृषि सहर पाँचखालमा महोत्सव सुरु गरिएको हो ।

काभ्रे उद्योग वाणिज्य सङ्घले नेपालीको महान् पर्व दशैँका अवसरमा बनेपामा आयोजना गरेको पाँचौँ काभ्रे महोत्सवमा परम्परागत कला-संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, पर्यटन प्रवद्र्धन गरिने जनाएको छ । ‘व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि’ भन्ने नाराका साथ आयोजित महोत्सवको बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले सोमबार उद्घाटन गरेका हुन ।

यही असोज १५ गतेसम्म सञ्चालन हुने महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने सामग्री, कृषि, घरेलु, उद्योग, विभिन्न प्रकारका लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्री सहुलियत मूल्यमा बिक्रीका लागि राखिएको सङ्घका महासचिव रवीन्द्र बैदारले जानकारी दिए ।

यस्तै महोत्सवमा मनोरञ्जनका लागि बालउद्यान, रोटेपिङ, ड्रागन, नाउ, मिनी बञ्जीजम्प, वाटर बल्ब, मिकी माउस, टेम्पोलिङ्ग, स्करपियोको आदिका साथमा राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक हाँस्यव्यङ्ग्य तथा गीत-नृत्यको प्रस्तुति हुनेछ । एक सयभन्दा धेरै स्टल राखिएको महोत्सव अवधिभर ५० हजारले अवलोकन गर्ने तथा रु ५० लाख कारोबार हुने अपेक्षा गरिएको आयोजनाले जनाएको छ ।

त्यस्तै पाँचखाल युनाइटेड फुटबल एशोसिएशन ९पुफा०ले ‘कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला’ भन्ने मूल नाराका साथ पाँचखालमा आयोजना गरिएको तेस्रो महोत्सवमा स्थानीय दनुवार समुदायको भाषा र संस्कृति झकल्ने स्टल, परम्परागत कला-संस्कृति, औद्योगिक व्यापार, घरेलु, कृषि, पर्यटन प्रर्वद्धनार्थ क्रियाकलाप गरिने जनाइएको छ ।

यही असोज १६ गतेसम्म सञ्चालन हुने पाँचखाल महोत्सवमा फुटबल प्रतियोगिता, अग्र्यानिक कृषि प्रदर्शनी, स्थानीय खानाका परिकार, संस्कृति र पर्यटन प्रवद्र्धनका स्टल, बाल मनोरञ्जनात्मक गतिविधि, राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : २६ बजे

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर