१ बैशाख २०८३, मंगलबार | April 14, 2026

 अवैध लागूऔषधसहित सात जना पक्राउ



काठमाडौ । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ भृकुटीचोकबाट एक ग्राम ब्राउन सुगरसहित ३३ वर्षीय रेबन कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका–३ बस्ने नवलपरासी घर भएका कालामगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

झापाको मेचीनगर नगरपालिका–६ मेचीपुल छेउबाट ३० ग्राम ब्राउन सुगरसहित दमक नगरपालिका–१ बस्ने २१ वर्षीय मनोज कुमाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाबाट २१ ग्राम ९९ मिलिग्राम खैरो हेरोईनसहित सोमबार दिउँसो प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली गोदवरी नगरपालिका–५ गेटा छबडेहा बस्ने २९ वर्षीय सागर रावत र ३० वर्षीय मदन बहादुर चन्द रहेका छन् ।

प्रहरी चौकी टेडुवाबाट खटिएको प्रहरीले से।७ प ४४११ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित उनीहरुलाई फेला पारी पक्राउ गरेको हो ।

कैलालीको भजनी नगरपालिका–३ कुसुमघाटस्थित नेपाल–भारत सीमाक्षेत्रबाट करिब ७ सय ५० मिलिग्राम खैरो हिरोईनसहित जोशिपुर गाउँपालिका–३ लक्कड बस्ने २४ वर्षीय रावल कुमार कठरियालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई इलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बिओपी कुशुमघाटबाट खटिएको टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ मज्गैबाट करिब ३ सय ९० मिलिग्राम ब्राउन सुगरसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका–१२ बस्ने २६ वर्षीय सुदन गिरी र सोही उपमहानगरपालिका–१० बस्ने ३९ वर्षीय बलदेव शाह रहेका छन् ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु।८९ प २०२१ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : ५० बजे

बेनीको महारानीथान धार्मिक पर्यटकीय स्थलका रूपमा विकास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक

सृजना जलेर मृत्यु प्रकरण : थप २ जना पक्राउ

नेपालगन्ज । गत चैत्र १४ गते नेपालगन्जमा जलेर मृत्यु भएकी

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन, १५ दिनमा सम्पन्न हुँदै सडक निर्माण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका

२०८२ सालको खेलकुदलाई फर्केर हेर्दा

काठमाडौँ । २०८२ सालमा नेपालको खेलकुद गतिविधि उपलब्धिका हिसाबले समग्रमा