२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

अनसनरत डा. गोविन्द केसीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै



काठमाडौं । चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर कैलालीमा आमरण अनसन बसिरहेका डा गोविन्द केसीको स्वास्थ्यअवस्था बिग्रिँदै गएपछि उनलाई काठमाडौं ल्याइने भएको छ ।

९ दिनदेखि अनसनरत केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइन लागेको हो । केसीको स्वास्थ्य थप बिग्रन नदिन काठमाडौं पठाउने तयारी भैरहेको कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी यज्ञराज जोशीले बताए । यसअघि केसीको स्वास्थ्य बिग्रन थालेपछि सेती अञ्चल अस्पतालमा उपचार भैरहेको थियो । केसीको शरीरमा पोषणतत्व र पानीको असन्तुलन हुँदै गएको छ भने पेटमा कडा खालको अल्सर भएको आशंका गरिएको छ ।

डा. केसी अनसन बसेको दोस्रो दिनमै सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । तर उनले औषधी सेवन गरेका थिएनन् । जसका कारण स्वास्थ्यअवस्था बिग्रँदै गएको हो ।
काठमाडौंमा केसीका प्रतिनिधि र सरकारी अधिकारीहरुबीच वार्ता आज पनि भैरहेको छ । वार्ता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भैरहेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  २ : १७ बजे

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र

प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन प्रतिपक्षी सांसदहरुको आग्रह

काठमाडौं । सांसदहरूले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन तथा संसद्को अभिलेखबाट

महाधिवेशनसम्बन्धी गतिविधि रोक्न पार्टी र निर्वाचन आयोगलाई शशांकको पत्र

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले सर्वोच्च अदालतबाट पार्टीको वैधानिकता

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ ब्याजदरमै अटो लोन

काठमाडौ ।ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर

नेपाल मोबिलिटी एक्स्पो-२०२६ सुरु

काठमाडौं । आजदेखि नेपाल मोबिलिटी एक्स्पो–२०२६ काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको