१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

अमेरिका जान इच्छुक हुनुहन्छ नि ! शनिबार डिभी लोटरीको नतिजा सार्वजनिक हुँदै



काठमाडौं । धेरै नेपालीका लागि सपनाको देश बनेको अमेरिकाको स्थायी बसोबासको अनुमति लागि डिभी लोटरीको नतिजा आज शनिबार अर्थात् सार्वजनिक हुँदैछ ।

गत अक्टोबरमा भरेको डिभी लोटरीको नतिजा आज सार्वजनिक हुन लागेको अमेरिकी दुतावासले जनाएको छ ।

डीभी लोटरीको नतिजा नेपाली समयअनुसार शनिबार राति ०९:४५ बजे प्रकाशन हुने अमेरिकी दूतावासले जनाएको छ ।
आफ्नो कन्फर्मेसन नम्बर प्रयोग गरी https://www.dvlottery.state.gov/ मा नतिजा हेर्न सकिने दूतावासले जानकारी दिएको छ।

यदि, कन्फर्मेसन नम्बर बिर्सनुभएको छ भने पनि Forgot Confirmation Number  मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने पनि दूतावासले जानकारी दिएको छ।

यस्तै, अमेरिकामा रहेका नेपालीले भने ९७०३०९८८९३४२८ मा सम्पर्क गरी सोधपुछ गर्न सक्ने दूतावासको सूचनामा उल्लेख छ। डीभीबारे थप सोधपुछ ग्राहक सेवा केन्द्रमा फोन वा इमेलबाट पनि गर्न मिल्नेछ ।

दूतावासले डीभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

सन् २०२१ का लागि गत अक्टोबर २ देखि नोभेम्बर ५ सम्म डिभी खुलेको थियो । उक्त डिभी लोटरीको नतिजा मे ५ मा सार्वजनिक हुने तय भएपनि एकमहिना पछाडि सारिएको थियो । कोरोना भाइरसको महामारीका कारण डिभी लोटरीको नतिजा स्थगित गरिएको अमेरिकी विदेशमन्त्रालले जनाएको थियो ।

डिभी लोटरीको नतिजा ढिलो भएपनि आगामी आर्थिक बर्षका लागि अन्तरवार्ता तय हुनमा भने कुनै असर नपर्ने जनाइएको छ । सन् २०२१ का लागि डिभी पारेकाहरुको अन्तरवार्ता आगामी अक्टोबर १ देखि सुरु हुनेछ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ७ : ३२ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट