२७ भदौ २०८३, शनिबार | September 12, 2026

रुपन्देहीमा हत्या गरेर फरार रहेका अभियुक्त २१ बर्ष पछि पक्राउ



बुटवल । रुपन्देहीमा एकजना व्यक्तिको कुटपिट गरेर हत्या गरि फरार रहेका प्रतिवादीलाई घटना घटेको २१ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५८ साल साउन २१ गते राति २ बजे रुपन्देहीको साबिक बिष्णुपुरा गाविस ७ मा पसल गरि बस्ने खडकबहादुर श्रेष्ठलाई कुटपिट गरि हत्या गरि फरार रहेका ५७ वर्षिय रामपति अहिर यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देही जिल्ला अदालतको २०७३ साल बैशाख ३० गतेको फैसला पश्चात फरार प्रतिवादीमध्येका एक यादवलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

कर्तव्य ज्यान मुद्दा अन्तर्गत रहेको सो मुद्दालाई रुपन्देही जिल्ला अदालत र पुनरावेदन अदालत बुटवलले २०७३ सालमा यादव सहितका संग्लग्न ६ जनालाई दोषी करार गर्दै फैसला गरेको थियो । एकजना अघिल्लो वर्ष पक्राउ परेकोमा हाल पाल्पा कारागारमा छन् भने अन्य ४ जना अझै फरार रहेका छन् ।

मुलुकि ऐन २०२० को ज्यान सम्बन्धि महल अनुसार जन्समकैद(२० वर्ष) सजाय भएका यादवलाई २०७९ असोज ४ गते पक्राउ गरी फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा सोहि दिन नै कारागार चलान गरिएको प्रहरी निरीक्षक मरासिनीले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  १० : ३९ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आसिफको शतकमा यूएईलाई ३१४ रनको लक्ष्य

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल