काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपतिले संविधान उल्लंघन गरेको निस्कर्ष निकालेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले संविधानको ठाडो उल्लंघन गरेको निस्कर्ष निकालेको हो । बैठकपछि विज्ञप्ति जारी गर्दै गठबन्धनले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको जनाएको छ ।
संघीय संसदका दुबै सदनले पारित गरेर प्रमाणिकरणका लागि पठाएको नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले दोस्रोपटक १५ दिनसम्म होल्ड गरेर मंगलबार मध्यरातमा वेवारिसे बनाइदिएकी थिइन ।
गत साउन २९ गते राष्ट्रपतिले विधेयकलाई १५ दिन नै होल्ड गरेर पहिलोपटक सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाएकी थिइन । त्यतिबेला संवैधानिक रुपमै विधेयक फिर्ता पठाए पनि संसदले दोस्रो पटक पारित गरेको विधेयकलाई भण्डारीले प्रमाणिकरण नगरेर वेरासिसे बनाइदिएकी हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाले भदौ २० गते दोस्रो पटक प्रमाणिकरणका लागि राष्ट्रपतिलाई विधेयक पठाएका थिए । संविधानअनुसार हिजो असोज ४ गते राति १२ बजेसम्म राष्ट्रपतिले विधेयक प्रमाणिकरण गर्नैपथ्र्यो । तर उनले प्रमाणिकरण नगरेर संविधानको उल्लंघन गरेको सत्तारुढ गठबन्धनले आरोप लगाएको छ ।



















प्रतिक्रिया