१७ माघ २०८२, शनिबार | January 31, 2026

ट्राफिक जरिवाना भुक्तानीमा सहकार्य गर्दै आइएमई पे



काठमाडौँ । ट्राफिक जरिवाना हाल आइएमई पे वालेट मार्फत भुक्तानी गरिँदै आइरहेको सन्दर्भमा आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेत र काठमाडौँ उपत्यका ट्राफिक कार्यलयका प्रमुख मीरा चौधरीवीच छलफल भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत २०७९ श्रावण महिनामा मात्र एक करोड चालीस लाखभन्दा बढी वालेट प्रयोगकर्ताले सत्र अर्ब रूपैँयाभन्दा बढीको कारोबार डिजिटल वालेट मार्फत गरेको तथ्याङ्क उपत्यका ट्राफिक प्रमुख मीरा चौधरीलाई अवगत गराउँदै ट्राफिक जरिवाना भुक्तानीमा डिजिटल वालेट प्लेटफर्मको भूमिका बढाउँदै जानुपर्ने कुरामा आइएमई पेका प्रमुख बस्नेतले उल्लेख गरे ।

उपत्यका ट्राफिक प्रमुख चौधरीले उत्साहजनक रुपमा डिजिटल वालेट प्लेटफर्मलाई ट्राफिक जरिवाना भुक्तानीका लागि प्रयोग गराउने उदेश्यले आगामी दिनमा आइएमई पेलाई ट्राफिक जरिवाना भुक्तानीमा अग्रसर गराउनलाई आफ्नो कार्यालयबाट चाहिने सहयोग गर्ने बताइन ।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे” आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  २ : १२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक