११ असार २०८३, बिहिबार | June 25, 2026

नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल एमालेमा प्रवेश



काठमाडौं । नेपाल प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले पूर्वआईजीपी खनाललाई पार्टीमा प्रवेश गराएका छन् ।

खनालसँगै राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरी, विवेकशील साझा पार्टीका संस्थापक नेता अब्दुस मिया लगायतका व्यक्ति पनि एमालेमा प्रवेश गरेका छन् ।

खनालले एमालेमा प्रवेश गर्न पाउँदा खुशीभएको बताए । उनले समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट एमालेको सदस्यता लिन पाउँदा हर्षविभोर भएको बताए ।

आफू प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेर आईजीपीबाट अवकाश पाएको बताउँदै उनले ओली गृहमन्त्री हुँदा आफू इन्स्पेक्टर रहेको बताए । देश, जनता र सत्यको पक्षमा ओली उभिने नेताको रूपमा आफूले पहिल्यै लागेको खनालको भनाइ छ । आफूमाथि तत्कालीन प्रहरी प्रमुखले गरेको अन्यायबारे बल्खुस्थित एमाले पार्टी कार्यालयमा पुगेर जानकारी गराउँदादेखि नै ओली सत्यको पक्षमा उभिने नेताको रूपमा आफूले बुझेको पूर्वमहानिरीक्षक खनालले बताए ।

विभिन्न समूह तथा पार्टीका नाममा भएका आपराधिक गतिविधि नियन्त्रणमा पनि आफू प्रधानमन्त्री हुँदा ओलीले काम गरेको बताउँदै उनले सिके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको बताए । साथै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पनि शान्न्तिपूर्ण राजनीतिमा ल्याएका ओली जस्ता नेता हामीले अर्काे पाउन नसकेको उनले बताए ।

खनाल जसपा सांसद सुरेन्द्र यादव अपहरण काण्डमा मुछिएका थिए । जनकपुरबाट यादवलाई खनाल, महेश बस्नेत समूहले गाडीमा हालेर काठमाडाैंकाे मेरियट हाेटलमा राखेकाे जसपाले आराेप लगाएकाे थियाे ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  १२ : १४ बजे

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण

भेनेजुएला भूकम्प अपडेट : ३२ जनाको मृत्यु

काराकास । भेनेजुएलामा बुधबार साँझ आएको शक्तिशाली भूकम्पमा कम्तीमा ३२

रास्वपाको प्रदेशसभा खारेजी प्रस्तावप्रति बाबुरामको चेतावनी – ‘संघीयता भत्काउने भूल नगर्नू’

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले

रुसी राष्ट्रिय दिवसका अवसरमा आयोजित स्वागत समारोहमा उपराष्ट्रपति यादव सहभागी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव रुसको राष्ट्रिय दिवसका अवसरमा आयोजित

दक्षिण कोरियालाई १-० ले हराउँदै दक्षिण अफ्रिका विश्वकपको अन्तिम ३२ मा प्रवेश

काठमाडौं । दक्षिण कोरियामाथि १-० को रोमाञ्चक जित निकाल्दै दक्षिण