३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

व्यावसायी र संघसंस्थालाई काठमाडौं महानगरले दियो ३० दिने अल्टिमेटम



काठमाडौं । अनुमति विनाका होर्डिङबोर्ड र डिजिटल विज्ञापन हटाउन निर्देशन दिएको काठमाडौं महानगरपालिकाले व्यावसायी र संघसंस्थालाई पनि चेतावनी दिएको छ ।

केही व्यवसायी र संघसंस्थाले आफ्नो परिचय पाटी राखेबापत शुल्क नबुझाएको भन्दै महानगरले शुक्रबार सार्वजनिक सूचना जारी गरेर ३० दिनभित्र बुझाउन भनेको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय गर्ने केही व्यक्ति, संघसंस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखिआएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सङ्घ संस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने परिचय पाटी शुल्क बुझाएको नपाइएको हुँदा यस सूचना प्रकाशन भएको ३० (तीस) दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई महानगरपालिकाको आर्थिक ऐन, २०७९ को अनुसूची ९ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन सम्बन्धित सबैलाई जानकारी गराइएको छ,’ सूचनामा भनिएको छ ।

सो अवधिभित्र परिचय पाटी शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा त्यस्ता परिचय पाटी महानगरपालिकाले तत्काल हटाउने महानगरले भनेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : १३ बजे

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका

दीप बोर्डिङले गर्यो एसइई-२०८२ मा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान

बुटवल । यस क्षेत्रकै पुरानो तथा अब्बल विद्यालयको पहिचान बनाउन