२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष गुप्तामाथि भ्रष्टाचार आरोपमा उजुरीका चाङ

पक्राउ पुर्जी जारी भएपनि प्रहरीको बेवास्ता



बुटवल । लागु औषध मुद्दामा पक्राउ पुर्जी जारी भएका पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध भ्रष्टाचार सम्बन्धी अख्तियार र सम्पत्ति शुद्धिकरण अनुसन्धानमा दर्जन बढी उजुरी परेका छन् । २०७४ को स्थानीय चुनावमा गाउंपालिका अध्यक्षमा निर्वाचित भएपछि गुप्ताले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानवीन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु परेका हुन् ।

विगतमा नवलपरासीको पाल्हिनन्दन-३ बेलासपुर गाउंमा निर्वाहमुखी कृषि र सुर्तिको फुटकर कारोबारबाट जिविकोपार्जन गर्दै आएका गुप्तामाथि गाउंपालिका अध्यक्षमा निर्वाचित भएपछि सुनवल,बुटवल,अर्घाखांची लगायतका स्थानमा अर्ब बढी मूल्यका घर,जग्गा र सम्पत्ति आर्जन गरेकाले आम्दानीको स्रोत छानवीन गरी कारवाहीको माग गरिएको छ ।

अख्तियारमा परेको उजुरी अनुसार गुप्ताले श्रीमती शारदा आचार्य गुप्ताको नाममा सुनवलमा ५ कठ्ठा जग्गामा ३ तले, बुटवलमा ३ तले र अर्घाखांचीमा आलिशान भवन बनाएका छन् । यस्तै गुप्ताले गाउपालिका भवनको दक्षिणतर्फ सांधमा जितबहादुर र प्रेमबहादुर चौधरीको नाममा रहेको ५ कठ्ठा जग्गा ४० लाखमा खरिद गरेको देखाई आफ्नो बुबा बंशराज तेलीको नाममा पास गराएका छन् भने पाल्हिनन्दन–३ मा पनि ३ तले घर र वडा नं ४ मा ४ कठ्ठामा २ तले घर र गोदाम बनाएका छन् । पालिका अध्यक्षमा निर्वाचित भएपछि यसरी अस्वभाविकरुपमा सम्पत्ति आर्जन गरेको देखिएकाले छानवीन गरी अकुत सम्पत्ति जफत गर्न उजुरीमा माग गरिएको छ ।

गाउपालिकाको भवन निर्माणका क्रममा ७ करोड ४९ लाख रुपैयाको ठेक्का सम्झौताविपरित कार्यपालिका वैठकको निर्णय नगरी प्रत्येक आर्थिक वर्ष भेरियन्स अर्डर गरी करिब ३ करोड बढी वजेट भुक्तानी गरेर ठेकेदारबाट लाभ लिएको आरोप छ । उक्त भवन निर्माण वापत एक करोड ४० लाख बक्यौता भुक्तानी गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएपछिको पहिलो कार्यपालिका बैठकबाट भुक्रानी गर्ने निर्णय गराएका छन् । उक्त रकमबाट अध्यक्ष र कर्मचारीले रकम बांडफांड गरेकाले छानवीनको माग गरिएको छ ।

यस्तै डिजिटल भिलेज प्रोफाइल ५-५ वर्षमा मात्र अध्यावधिक गर्नुपर्ने नियमविपरित ५ वर्ष नपुग्दै निर्माण गरेर लाखौं रकम भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ । २०७५ मा डिजिटल भिलेज प्रोफाइल बनाएवापत ४० लाख भुक्तानी भएकोमा २०७८/७९ मा पुनः २० लाख भुक्तानी गरिएको छ । यस्तै मेड नेपाल नामक गैर सरकारी संस्थाबाट पालिकाका ६ सय ७५ विपन्न परिवारलाई ३४५० रुपैयांका दरले बांड्न प्राप्त रकममा पनि फर्जी काम गरी अनियमितता भएकाले छानवीनको माग गरिएको छ ।

यस्तै गाउंपालिकाका विपन्न परिवारलाई बांड्न छुट्टाइएको ३० लाख रुपैयांमा पनि अध्यक्ष गुप्ताले अनियमितता गरेको देखिएको छ । उक्त रकम आफू निकट करारका कर्मचारीहरु प्रदीप तिवारी,पशुपति गुप्ता,नर्वदेश्वर गुप्ता र आफ्नो गाडी चालक प्रदीप चौधरीको नाममा साढे २ लाखदेखि ४ लाखसम्म पेश्की वापत बुझाएर आफूले लिएको उजुरीमा उल्लेख छ । यो विषय थाहा भएपछि अध्यक्ष गुप्ताले केही रकम गाउंपालिकाको खातामा जम्मा गर्न लगाएका थिए ।

उनीमाथि गाउंपालिकाका दर्जनौं योजनाहरुमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसंग मिलेमतो गरेर ठूलो रकम आर्थिक हिनामिना र गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा पनि उजुरी परेको छ । उजुरीमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम,लेखा अधिकृत शरद न्यौपाने र इन्जिनियर उमेश शर्मालाई अध्यक्ष गुप्ताले प्रभावमा पारेर अनियमितता र भ्रष्टाचार गरेको आरोप छ ।

पक्राउ पुर्जी जारी भएपनि प्रहरीको बेवास्ता

साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले दुई भारतीयलाई योजनाबद्ध रूपमा लागूऔषध मुद्दामा फसाएको आरोपमा गाउंपालिका अध्यक्ष गुप्तालाई एक महिनाअघि पक्राउ पुर्जी जारी भएपनि प्रहरीले उनलाई पक्राउ गर्न बेवास्ता गरेको छ । उनीविरुद्ध मुद्दा दर्ता र पक्राउ गर्न प्रहरीले चासो नदिएको बरु उल्टै मुद्दालाई कमजोर बनाउन खोजेको थुनामा रहेका दुई भारतीयका परिवार र जिल्लाका राजनीतिक दलहरुको गुनासो छ ।

माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित गुप्ताले राजनीतिक पहुंच र गठबन्धनको आडमा मुद्दालाई कमजोर बनाई आफू उम्किन आर्थिक चलखेल गरेको स्थानीयको दावी छ ।

मुद्दा प्रभावित बनाउन उनको मुद्दा हेरिरहेका जिल्ला सरकारी वकिल कार्यालयका चन्द्रबहादुर सिंजाली मगरको सरुवा गराएको स्थानीय धरेन्द्र यादवले बताए ।

गुप्ताको योजनामा गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई लागु औषध कारोबार गरेको आरोपमा पक्राउ गरेको थियो । तर प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोलीले गरेको अनुसन्धानमा उक्त घटना बनावटी भएको,गाउंपालिका अध्यक्ष गुप्ता प्रमुख योजनाकार र जिल्ला प्रहरी प्रमुखको भूमिका शंकास्पद रहेको निश्कर्ष निकालेका थिए ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी रघुनाथ धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । घटनामा मुछिएका पाण्डे मलेशिया पुगेका छन् भने अध्यक्ष गुप्ता फरार छन् ।
सरकारी वकिल कार्यालय नवलपरासीका तत्कालीन अधिकृत चन्द्रबहादुर सिंजालीले प्रहरीको अनुसन्धान प्रतिवेदनमा अझै केही कुरा अपुग भएकाले पुनः अनुसन्धानका लागि समय दिइएको बताए ।

यसबीचमा अध्यक्ष गुप्ताले धोबीलाई ८० लाख रुपैयां दिने शर्तमा उनलाई बयान फेर्न लगाई धोबी नै घटनाको मुख्य दोषी देखाएर आफू उम्किन खोजेको धोबीकी श्रीमतीले बताएको स्थानीयको दावी छ । आर्थिक चलखेलका आधारमा प्रहरी प्रशासनलाई प्रभावित गरेर आफू उम्किन खोजेको भन्दै गुप्ताका सहयोगी धोवीको पोलिग्राफ टेस्ट गर्न थुनामा रहेका भारतीयका परिवारले माग गरेका छन् ।

स्थानीय धरेन्द्र यादवले घटनाको अनुसन्धान गर्दा जिल्लाको प्रहरी नेतृत्वले गाउंपालिका अध्यक्षलाई जोगाउन खोजेको देखिएकाले आफूहरुले उच्चस्तरीय छानवीनको माग गरेको बताए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले पक्राउ पुर्जी जारी भएका गाउंपालिका अध्यक्ष गुप्ताको खोजी भइरहेको तर फेला नपरेको बताए ।

बैजुप्रसाद गुप्तासंग १२ वर्षदेखि कवाड कारोबार गर्दै आएका थिए । पछिल्लो समय रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले उनीहरुलाई लागूऔषध मुद्दामा फसाएको अनुसन्धान प्रतिवेदनले भनेको छ ।

तीन महिनादेखि थुनामा रहेका भारतीय नागरिक गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबिन गर्न नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले समेत माग गर्दै आएका छन् । प्रहरीको भूमिका दोषीलाई बचाउने र निर्दोषलाई फसाउने देखिएको भन्दै दुई दलले आन्दोलनको तयारी गरेको जसपा नेता धरेन्द्र यादवले बताए ।

प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान टोली खटाएको थियो । घटनाको अनुसन्धानपछि प्रहरी टोलीले समेत निर्दोष व्यक्ति थुनामा परेको उल्लेख गरेको प्रहरी स्रोतले बताएको छ ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : १९ बजे

India to Provide Rs 803 Million Grant for 8 Community Projects in Nepal

Kathmandu, August 11: The Government of India will provide grant

भारतको ८० करोड ३० लाख अनुदानमा नेपालमा ८ सामुदायिक विकास परियोजना सञ्चालन हुँदै

काठमाडौँ । भारत सरकारको अनुदान सहयोगमा नेपालका शिक्षा, स्वास्थ्य र

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी

विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन

सरकारी कागजातलाई ‘डिजिटाइज’ गरी सुरक्षित राखिनुपर्ने

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकारी कागजातलाई ‘डिजिटाइज’ र