४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

देवि भागवत महापुरण महायज्ञको तयारी पुरा



बुटवल । बुटवल उपमहानगरपालिका-११ देविनगर स्थित श्री नवदुर्गा मन्दिर समितिको आयोजनामा श्रीमद् देवि भागवत महापुरण महायज्ञको तयारी पुरा भएको छ । लुम्बिनी वाणिज्य क्याम्पस अगाडी मन्दिर परिषरमा ९ दिन सम्म संचालन हुने उक्त महापुरणको तयारी पुरा भएको समितिले जनाएको हो ।

महापुरण तथा कथा प्रवचनको सन्दर्भमा जानारी दिन आईतवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अर्जुन कुंवरले तयारी पुरा भएको र सोमवार घटस्थापनादेखि महापुरण यज्ञ शुरु हुने बताए ।

वि सं २०२२ सालमा यस क्षेत्रका धार्मिक व्यक्तिहरुको पहलमा तिलोत्तमा गंगा किनारमा निर्मित उक्त मन्दिर २०७३ मा जिर्णोद्धार गरी हरेक वर्ष दुर्गा पुजन गरिदै आएको छ । २०३८ सालको वाढीले समेत यस मन्दिरले चर्चेको भूभाग कटान गर्न नसकेको कारण यस क्षेत्रमा देविको शक्ति रहेको विश्वास गरी यस क्षेत्रको नाम देविनगर रहन गएको स्थानिय बताउछन ।

मन्दिरको एतिहासिक तथा पौराणीक महत्वलाई उजागर गर्न महायज्ञ गर्न लागिएको अध्यक्ष कुंवरले जानकारी दिए । श्रृङगेश्वरधामका गुरुदेव त्रिकालदर्शी युवा ज्योतिषविद आचार्य दुर्ग प्रसाद भट्टराई (उपाध्याय)को मुखारविन्दबाट संगितमय कथावाचन हुने समितिका सचिव रविलाल पोख्रेलले जानकारी दिए ।

महायज्ञका संयोजक तथा समितिका सल्लाहकार यज्ञश्वर मरासिनीले १० गते विहान वाजागाजा र भजनकृतनको साथमा भव्य कलश यात्रा घटस्थापना, व्यास पुजन तथा पाठपारायण शुभारम्भ हुने जानकारी दिए । उनका अनुसार असोज १६ गते वाजागाजा सहित फुलपाती भित्राउने १९ गते दुर्गा विसर्जन तथा टिका प्रसाद ग्रहण र अशोज २३ गते कोजाग्रत पुर्णिमाको दिन सरायनाच । फुलपाती विसर्जन गरिने छ । त्यसवाहेक दैनिक धार्मिक कार्यक्रम संगितमय कथा वाचन कार्यक्रम रहनेछ । समितिका बरिष्ठ उपाध्यक्ष कुल बहादुर केसीले नवदुर्गा मन्दिरको प्रचार प्रसारमा पत्रकार र मिडियाले महत्वको साथ लिएको बताउदै धन्यवाद दिए ।

कोषाध्यक्ष तथा आर्थिक संयोजक राधा पौडेलले मन्दिरको नियमित कर्मको लागि आर्थिक अवस्था कमजोर रहेको र भक्तजनहरुको सहयोगबाट मन्दिर संचालन गरिएको बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्का, समितिका सदस्य तथा मिडिया संयोजक रुद्रहरि कुंवरले धार्मिक कार्यक्रम मार्फत सवैलाई सत्मार्गमा लैजान टेवा पुग्ने र मन्दिरको एतिहासिक तथा धार्मिक महत्वको अझै उजागर हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : ३८ बजे

Changing Koshi Province through Chinese modern agricultural technology

Jhapa : the China–South Asia Poverty Alleviation and Development Cooperation

चिनियाँ आधुनिक कृषि प्रविधिले बदलिँदै कोसी

झापा। झापाको परम्परागत कृषि क्षेत्रलाइ आधुनिक, व्यावसायिक र जलवायु(अनुकूल बनाउन

नेपालगन्जमा पेट्रोलियम पदार्थको हाहाकार, पम्पहरुमा पेट्रोल/डिजल छैन भन्ने सूचना टाँस

नेपालगन्ज । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको सूचनाकै आधारमा

मालपोत कार्यालय भैरहवाका नायब सुब्बा खाम्चाविरुद्ध घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा

रुपन्देहीको शुद्धोधनका भूमिहीन र सुकुम्बासी आन्दोलित, गाउँपालिकालाई ज्ञापनपत्र

बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी