१० असार २०८३, बुधबार | June 24, 2026

राजनैतिक दल आवद्ध यूवाहरुलाई भावनामा नबहकीन आग्रह, सामाजिक सद्भावका लागि संबाद आवश्यक



बुटवल । सामाजिक सद्भावका लागि यूवाहरुले संबादलाई अंगाल्नु पर्ने एक कार्यक्रमका सहभागितहरुले बताएका छन । गलत सूचनाले सामाजिक सद्भाव खलल पार्ने भएकाले सूचनाको प्रयोग र प्रचार गर्नुअघि सचेत हुनु पर्ने उनीहरुको भनाई छ । सामाजिक परिबर्तन केन्द्र काठमाण्डौले आइतबार बुटवलमा आयोजना गरेको सामाजिक सद्भावका लागि यूवाहरुको भूमिका बिषयक कार्यशाला गोष्ठिमा बोल्ने यूवा नेताहरुले यूवाहरुले शान्ती स्थापना , सामूदायिक एकता र सद्भावका लागि योगदान पुराउन सक्ने बताएका हुन ।

कार्यशालामा सहजीकरण गर्दै सामाजिक परिबर्तन केन्द्रका अध्यक्ष पवन राय ले राजनैतिक दल आवद्ध यूवाहरु भावनामा बहकीनु भन्दा तथ्यमा आधारीत भएर आफनो भूमिका प्रर्दशन गर्नुपर्ने बताए । उनले यूवाहरुको सामाजिक संजालमा आकर्षण बढि रहेको भन्दै संजालबाट प्रवाह भइरहेका सुचना र भावनाको बिश्वसनियतामा ध्यान दिन आग्रह गरे ।

बरिष्ठ कार्यक्रम संयोजक दिबेश सायमीले सामाजिक परिबर्तन केन्द्र अनुसन्धानमा आधारित संस्था भएको भन्दै शान्ति स्थापना , द्धन्द्ध रुपान्तरण , नागरिक संगठनको क्षमता अभिबृद्धि , पैरबी , आप्रबासन लगाएतका बिषयमा कार्यक्रम गर्दै आएको जानकारी दिए । कार्यक्रम संयोजक यूक्ता यादवले संबादको माध्यमबाट सद्भाव कायम गराउन राजनैतिक पार्टीमा आबद्ध यूवाहरुले भूमिका निर्बाह गर्नुपर्ने बताइन् । कार्यक्रममा रुपन्देही जिल्लामा रहेका बिभिन्न पार्टीमा आबद्ध यूवा नेतृत्व तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ९ : १९ बजे

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३