१० असार २०८३, बुधबार | June 24, 2026

मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा छु, चाँडो नेपाल फर्केर झुठा उजुरीको डटेर प्रतिवाद गर्छु : सन्दीप लामिछाने



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले मानसिक तनाव र स्वास्थ्य खराबीका कारण आफु ‘आइसोलेसन’मा बस्नुपरेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति स्ट्याटस लेख्दै उनले आफूमाथि लागेको अभियोगको ‘प्रतिवाद गर्न नेपाल फर्किने तरखर’मा रहेको जनाएका छन् ।

नाबालिका बलात्कार गरेको अभियोग लागेका लामिछानेले आफुमाथि लगाइएको आरोप झुठो भएको दाबी गर्दै त्यही आरोपका कारण आफु मानसिक तनाव र स्वास्थ्य खराबीका कारण ‘आइसोलेसन’मा बस्ने अवस्थामा पुगेको बताएका छन् ।

‘मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था रहेन’, उनले स्टाटसमा लेखेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कातिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मलाई आईसोलेसनमा राखेर बसेको छु ।’

उनले पीडितले दिएको जाहेरीलाई ‘झुठा’ भएको पनि उल्लेख गरेका छन् । उनले डाक्टरहरुको सल्लाहमा आफू सामान्य अवस्थामा आउँदै गरेको उल्लेख गर्दै स्वास्थ्यमा क्रमिक सुधार आएको र जति सक्दो चाँडो नेपाल फर्किएर आफु विरुद्धको झुठा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको जनाएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ८ : २७ बजे

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया