२० बैशाख २०८१, बिहिबार | May 3, 2024

गाउँघरबाट हराउँदै लिङ्गे पिङ


११ आश्विन २०७९, मंगलबार  

117
Shares

भोजपुर । गाउँघरमा दशैँ तिहारको झल्को लिङ्गे पिङबाट पाउने गरिन्थ्यो । दशैँ तिहारको अवसर पारेर ग्रामीण भेगमा पिङ हाल्ने संस्कृति केही वर्ष अगाडिसम्म कायममै थियो । तर अहिले भने गाउँघरमा युवा पुस्ताको सङ्ख्या पनि कम हुनु र मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट लिङ्गे पिङ लोप हुन थालेको छ ।

“गाउँमा मात्र होइन विगत केही वर्ष अगाडिसम्म त सदरमुकाम आसपासमा पिङ देख्न पाइन्थ्यो तर अहिले सो संस्कृति हराउँदै गएको छ ।” स्थानीयवासी खोमराज धमलाले भने, “पुराना संस्कार तथा संस्कृति विस्तारै हराउँदो क्रममा छन् ।” बढी मात्रामा बाटिएको टोरी प्रयोग गरेर बाँसको लिङ्गा गाडेर पिङ हाल्ने गरिन्थ्यो ।

गाउँघरमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने अनुभव युवाको छ । “विगतमा लगाइने पिङमा वृद्धा, युवादेखि बालबालिकासम्मको जमघट हुने गर्दथ्यो । त्यस्तो रमाइलो गर्ने परम्परा हराउँदै गएको छ”, स्थानीय युवा वसन्त खड्काले भने । गाउँका मुख्यस्थल पिङमय हुने गरेको भए पनि हिजोआज त्यो संस्कृति पनि लोप हुँदै गएको भनाइ अरुण गाउँपालिकाका लिलानाथ कोइरालाको छ ।

सामान्यतया लिङ्गे पिङ बाँसका लिङ्गा गाटेर बाबियोको डोरीको लठ्ठा बनाएर बनाउने गरिन्थ्यो । पुरानो संस्कृति र परम्परा जोगाउन अहिले गाउँघरमा बाबियोको डोरी बनाउने मानिसको अभाव रहेको कारण पिङको संस्कार पनि हराउँदै गएको स्थानीय शिव भुजेलको धारणा छ । “विगतमा जस्तो गाउँघरमा डोरी बाट्ने मनिसको अभाव छ, अहिले नेपालमै रहेका युवा दशैँ मनाउन केही दिन घरमा आउँछन्, उनीहरुले बाबियो खोजेर डोरी बनाउन पनि जान्दैनन्, त्यसले गर्दा पुरानो परम्परा नै लोप हुने अवस्थामा पुगेको छ”, भुजेलले भने ।

सानै उमेरदेखि दशैँमा पिङ खेल्ने गरेको तर पिङ नै गाउँघरमा लगाउन छोडिएको स्थानीय बद्रीबिक्रम बुढाथोकी बताउछन । “पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको छ । युवाले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन्”, बुढाथोकीले भने, “संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ ।” पुरानो भनाइ चाडपर्वमा पिङ खेलेर भुई छाड्नुपर्ने परम्परा पनि हटेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ८ : २७ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक