२३ भदौ २०८३, मंगलबार | September 8, 2026

भैरहवामा दसैं लक्षित सस्तो बजार, गृहमन्त्रीले गरे उद्घाटन



भैरहवा । दसैं पर्वलाई लक्षित गर्दै भैरहवामा दसैं सस्तो बजार सुरु भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेशमै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ संघको परिसरमा दसैं सस्तो बजार सञ्चालन गरिएको हो ।

सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तालाई सचेत गराउन, स्वदेशी तथा गुणस्तरीयवस्तु तथा सेवाहरूको उपभोग बढाउन र आउँदै गरेको नेपालीहरूको चाडपर्वहरूमा आम उपभोक्तालाई स्वदेशी बजारमा खरिद गर्ने बानीको विकास गराउने उद्देश्यले तेस्रो पटक संघले सस्तो बजार आयोजना गरेको हो ।

बजारको उद्घाटन गर्दै गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार गम्भीर रहेको बताए । उनले भने, ‘उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध छ । शिक्षक, मजदुर, किसान, राष्ट्रसेवकको समुचित वृद्धि विकासमा ध्यान दिइनेछ ।’ उनले उद्योगी व्यवसायी देशको आधारस्तम्भ भएको बताए ।

उद्योगले उत्पादन गर्न नसके र व्यवसायीले कारोबार गर्न नसके आर्थिक मन्दीका कारण समस्या उत्पन्न हुने उनको भनाइ थियो । उनले स्वदेशी बजार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालित दसैं सस्तो बजारले स्वदेशी पैसा स्वदेशमै खर्च गर्ने बानीको विकास हुने विश्वास व्यक्त गरे ।

गृहमन्त्री खाँणले रुपन्देहीको विकासले यहाँको नागरिकको लागि मात्र नभई नेपालको विकास हुने दाबी गरे । उनले देशको विकासका लागि रुपन्देहीको विकास अपरिहार्य रहेको बताए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बजारले व्यापारको प्रवर्द्धन गर्नुको साथै बजारलाई गुल्जार बनाउने विश्वास व्यक्त गरे । नगरको विकासका लागि नगरपालिका सधैँ प्रतिबद्ध भएकोले हातेमालो गर्दै अघि बढ्ने बताए ।

उद्योगी, व्यवसायीसँगको सहकार्यमा उपभोक्ताहरूलाई सर्व शुलभ रूपमा एकै थलोबाट सहज तरीकाले दैनिक उपभोग्य वस्तुहरू बिक्री वितरण गरिने गरी २७ वटा स्टल रहेको बजारमा रहेको बस्तुगत मेला तथा व्यवसाय प्रवर्द्धन समिति संयोजक अर्जुन कार्कीले बताए ।

बजारमा आर्थिक चलायमान हुने, स्वदेशी उद्योग व्यवसायका उत्पादनहरूको प्रचार प्रसार हुने र आम उपभोक्ताहरूले सर्व शुलभ रूपमा उपभोग्य वस्तुहरू खरिद गर्ने अवसर प्राप्त हुने कार्कीले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले उपभोक्ताको हितको लागि दसैं सस्तो बजार सञ्चालन गरिएको बताउँदै बाहिर बजारमा भन्दा सुलभ मूल्यमा वस्तुको विक्रिवितरण भइरहेको बताए । दसैं र तिहार लक्षित बजार गर्नै भनेर सीमावर्ती बजार सुनौलीमा नेपालीहरूको घुइँचो लाग्ने गरेको छ । बाहिरिने नेपाली उपभोक्तालाई नेपाली बजारमै रोक्ने संघको उद्देश्य रहेको बताए ।

दसैं बजारमा स्थानीय भैरहवा बजार क्षेत्रबाट करिब २ हजार ५ सय को संख्यामा उपभोक्ता तथा अवलोकनकर्ताहरूको आवागमन हुने र करिब ४० देखि ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष न्यौपानेले भने ।

विक्रम संवत २०११ सालमा स्थापित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही स्थापनाकाल देखिनै यस क्षेत्रको आर्थिक विकासका लागि प्रतिबद्ध तथा क्रियाशील रहँदै आएको छ । नजिकै सीमा क्षेत्रमा रहेको बजारले भैरहवा क्षेत्रको पसल दसैंमा संकेत सुनसान रहेकोले भन्सार क्षेत्रमा कडाइ गर्नु पर्ने बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलबार  ७ : १५ बजे

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज, अधिवेशन कार्यतालिका तय गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार बैठक बोलाएको

दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै

भोजपुर । बाँदरका कारण अन्य बाली जोगाउन धौधौ परिरहेका बेला

प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून

सुनसरी । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका