२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भारतमा कोरोना संक्रमण दर तिब्र गतिमा बढ्दै, विश्वको पाँचौं नम्वरमा उक्लिँदा नेपाललाई तनाब



काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । विश्वकै दोस्रो धेरै जनसंख्या भएको भारतमा संक्रमितहरु बढेसँगै नेपालमा समेत तनाब थपिँदै गएको छ ।

भारत यूरोपका स्पेन र इटलीलाई पछि पार्दै पाँचौं संक्रमित मुलुक बनेको छ । भारत सरकारको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार ६५७ पुगेको छ । जसमध्ये ६ हजार ६४२ जनको मृत्यु भैसकेको छ । भारतमा शनिबार मात्रै ३ सयको मृत्यु भएको छ । १ लाख १४ हजार ७२ बिरामी भने निको भएर घर फर्किसकेका छन् ।

भारतमा जनसंख्याको हिसाबले संक्रमितको संख्या त्यति धेरै नदेखिएपछि संक्रमण दर तिब्र गतिमा बढिरहेको छ । भारतीय चिकित्सकहरुले पनि देशभित्रको अस्तव्यस्त अवस्था र परीक्षणमा आम मानिसको पहुँच कम भएकै कारण संक्रमण भित्रभित्रै भुसको आगोको रुपमा फैलिएको चेतावनी दिइरहेका छन् । यद्यपी, भारत सरकारको स्वास्थ्य मन्त्रालयले भने रिकभरी रेट सन्तोषजनक भएको भन्दै चिन्ता लिन नपर्ने दाबी गर्दै आएको छ ।

भारतमा काम गर्न गएका धेरै नेपाली नागरिकलाई समेत भारतमै कोरोना संक्रमण लागेको । यद्यपी, नेपाली नाागरिक भारतमा रोजगारी गुमेपछि स्वदेश फर्किँदा उनीहरुसँगै कोरोना पनि भित्रिएको छ । देशभित्र सीमा नाकामा अव्यवस्थित ढंगले प्रवेश र कमजोर क्वारेन्टाइन व्यवस्थाका कारण नेपालमा पनि संक्रमितको तथ्यांकको पारो बढिरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : ३६ बजे

सूचना प्रविधि क्षेत्रमा लगानी बढाउन सरकार दृढतापूर्वक लागेको छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना

बुटवलमा आजदेखि अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता

बुटवल । बुटवलमा अन्डर यू-१४ टी-२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ